गाँजासहित एक युवक पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पटेर्वा सुगौली गाउँपालिका २ स्थित रंगपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १० केजी सहित सोही गाउँपालिका ४ पटेर्वा सुगौली बस्ने २५ वर्षीय शिवजन्म माझीलाई बुधबार राति नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।