मन्त्रिमण्डल पुनर्गठनः राष्ट्रपतिसँग परामर्श गर्न ओली–प्रचण्ड शीतल निवासमा

काठमाडौं– मन्त्रिमण्डल हेरफेरबारे प्रधानन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका छन् ।

बुधबार विहान सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच दुई घन्टा भन्दा लामो छलफलपछि उनीहरु शीतलनिवास पुगेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली र प्रचण्डबीच क–कसलाई मन्त्रीबाट हटाउने र क–कसलाई जिम्मेवारी दिने भन्ने विषयमा बालुवाटारमा छलफल भएको थियो ।

दुई शीर्ष नेताहरुबीच भएको सहमतिलाई आज दिउँसो साढे १२ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने छ । र, आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको छ ।