आफूखुशी मूल्य बढाए कारवाहीमा परिएला

भद्रपुर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिएका छन् । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उनले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए । कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन […]

मेलम्ची खानेपानी आयोजनाः मुख्य सचिवले गर्दा प्रधानमन्त्री अप्ठेरोमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ४ गते राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकलाई सम्बोधन गर्दै मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे आफूलाई तत्कालिन खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ढाँटेको बताए । ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति नोट बुकमा लेख्न लगाएको थिए तर त्यसको केही समयमै मेलम्चीको ठेक्का पाएको इटालियन कम्पनी […]

आज बुधबार यी राशिका लागि शुभ, हेर्नुहोस् पुरा राशिफल !

मेष पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह । बृष पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी । मिथुन पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । […]

युवतीलाई ‘प्रेम नाटक गर्दै’ बन्धक बनाएर अश्लील भिडियो

रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई रामै्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने र अश्लील भिडियो बनाउने युवकप्रति युवती त्यस बेला अत्यन्त आक्रोशित भइन् जब युवकले प्रेमकै पासो थापेर उनकै बहिनीलाई […]

दशैँसम्म मनसुन रहनेः पूर्वानुमान महाशाखा

काठमाडौं । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रूपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अझै दुई साता मनसुन […]

दार्चुलामा पहिलो पटक तिम्ल्याहा जन्माउनेलाई हेलिकप्टरमार्फत उद्धार

दार्चुलामा पहिलो पटक एक सुत्केरी महिला र तीनवटै नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । नौगाड गाउँपालिका–२ की २५ वर्षीया मानमती धामीले सोमबार नौगाड गाउँपालिका–३ खार स्वास्थ्य चौकीको सुरक्षित प्रसूति केन्द्रमा तीन वटा छोरी जन्माएपछि उहाँलाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरिएको हो । वर्षायाममा जीपसमेत नचल्ने विकट बस्तीबाट सरकारले पहिलो पटक एयर एम्बुलेन्स हेलिकप्टरमार्फत सुत्केरी […]

एक हजार घुस लिएको आरोपमा पक्राउ गरी धरौटीमा छुटेका कर्मचारीद्वारा आत्महत्या

एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत भदौ ३१ गते धरौटीमा रिहा भएको एक साता मै सुनसरी इनरुवा नगरपालिका–५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आउनु भएका ४७ वर्षीय रामहरि सुवेदीले कटुञ्जेस्थित […]

शेयर बजार, नेप्से पुनः ओरालो

काठमाडौ। सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल […]

अमेरीकाबाट पर्किएका बब्बु थापा ‘याद आउँछ बेसरी’ बाट कम्ब्याक

काठमाडौं । पछिल्लो समय नेपाली लोक संगीतले निकै फड्को मारेको छ । वास्तवमा नेपालीको गीत संगीत नै लोक गीत हो । आजको दिनसम्म लोक संगीतमा कुनै पनि पुर्णविराम लागेको छैन । लोक संगीत नेपालीको पहिचान नै हो । बजारमा नयाँ नयाँ लोक संगीत सार्वजनिक हुने क्रम जारी नै छ । करोड क्लवलाई लक्षित गर्दै दिनहुँ […]

पूर्वाञ्चल गोल्डकप असोज ११ देखि

झापा- झापाको बिर्तामोडमा आगामी असोज ११ देखि सुरु हुने ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’मा सहभागी टिमहरु सार्वजनिक गरिएको छ। सहभागी टिममा दुई भारतीय टिमसहित आठ टिम रहनेछन्। आयोजक जायोन स्पोर्टस् क्लबले भारतका दुई, नेपालका ए डिभिजनका चार र मोफसलका दुई टिम सहभागी हुने जनाएको छ। सहभागी टिममा विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस रहेका छन्। यस्तै, […]