भारतबाट भित्रिने तरकारी र फलफूलको विषादी जाँचमा मनपरी : घरी रोक्ने घरी खुल्ने

बाँके– सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ । सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्षभित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ ।” यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश […]

बाढी पहिरोबाट अहिलेसम्म ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौँ– मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ । […]

काठमाडौंको क्यासिनोमा विभागको अनुगमन

काठमाडौँ– पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ । नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनोको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन गरिएको विभागले जनाएको छ । पहिलो चरणमा काठमाडौँका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो । […]

नवलपरासीमा बाढीको खबर दिने पूर्वसूचना प्रणाली

परासी– पश्चिम नवलपरासीमा बाढी पूर्वसूचना प्रणाली व्यवस्थित बन्दै गएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको छ । जिल्ला प्रशासन कार्यालयस्थित विपद् व्यवस्थापन कक्षमा जिल्ला आपत्कालीन परिचालन (सूचना) केन्द्र स्थापना गरी जलमापन यन्त्र जडान गरिएपछि बाढी पूर्वानुमानको सूचना प्राप्तिमा सहज भएको हो । प्रदेश नं ५ को आन्तरिक तथा कानून मन्त्रालयको सहयोगमा स्थापना गरिएको उक्त सूचना […]

अष्ट्रेलियाको अस्पतालका हजारौँ स्वास्थ्यकर्मी आन्दोलनमा

सिड्नी (रासस/सिन्ह्वा)– अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ । अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको अभाव रहेको कारण देखाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उक्त राज्यका अस्पताल तथा स्वास्थ्य […]

रोपाइँ सकिएन तर असार सकियो

भीमदत्तनगर– असार महिना सकिँदा पनि कञ्चनपुरमा सिँचाइ अभावका कारण किसानहरुले रोपाइँ सकेका छैनन् । कूल ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कञ्चनपुरमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कृषि ज्ञान केन्द्रका सुचना अधिकृत महेशचन्द्र जोशीले जिल्लाको दक्षिण भेगमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । उनले जिल्लाको उत्तरी […]

ललितपुरमा वर्षाको कारण विद्यालय बन्द, सम्पर्कविच्छेद देखि यातायात अवरुद्ध सम्म

ललितपुर– निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको पानीले प्रभाव […]

विश्वकप फाइनलमा अम्पायरले ५ रन दिनुपर्नेमा ६ रन दिँदा न्यूजिल्याण्डको हार

काठमाडौं- अस्ट्रेलियाका पूर्व क्रिकेट अम्पायर तथा आईसीसी अम्पायर प्यानलका पूर्व सदस्यसमेत रहेका साइमन टफेलले न्युजिल्याण्ड र इंग्ल्याण्डबीच भएको विश्वकप फाइनल खेलमा अम्पायरले गल्ती गरेको बताएका छन् । ट्रेन्ट बोल्टले गरिरहेको अन्तिम ओभरमा स्टोकमा ब्याटमा लागेर भएको ओभर थ्रो बाउण्ड्रीमा ५ रन दिनुपर्नेमा ६ रन दिनुमा अम्पायरको गल्ती भएको उनले बताएका हुन् । क्रिकेट नियमलाई हेर्ने […]

डीभी र पीआर लिनेले पेन्सन नपाउने

काठमाडौं- सरकारले विदेशमा स्थायी बसोबासको अनुमति (डीभी वा पीआर) लिएका कर्मचारीलाई कारबाहीस्वरूप पेन्सनरउपदान नदिने भएको छ । संघीय निजामती सेवासम्बन्धी विधेयकमा कुनै राष्ट्रसेवकले सेवा अवधिमै डीभी वा पीआर लिएमा उसलाई कर्मचारी सञ्चय कोषको रकमबाहेक पेन्सन र उपदान नदिने व्यवस्था गरिएको छ । सेवा अवधिमै कर्मचारीले डीभीरपीआर लिने र पेन्सन वा उपदान लिएर जागिर छाड्ने क्रम […]

महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् । सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, […]