आज भएको दुर्घटनामा ३० जना घाइते

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला सुनवलमा आज भएको सवारी दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १६०५ नं को बसको पंग्रा ९टायर० पड्केर विपरित दिशाबाट आउदै गरेको युपी ८३ एटि ३९६६ नं को भारतीय […]

२३ चैतमा करिश्माको ‘हिरोज’

काठमाडौं– नायिका करिश्मा मानन्धर अभिनीत नयाँ फिल्म ‘हिरोज’ को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको यो फिल्म चैत्र २३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने पक्का भएको छ ।बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृती, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको फिल्ममा करिश्मासँगै जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, […]

नेपाल म्युजिक अवार्ड बैशाख १५ मा

काठमाडौं– १५ बैशाखमा ‘नेपाल म्यूजिक अवार्ड २०७५’ राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने भएको छ ।चाहाना मिडियाको आयोजनामा हुन गईरहेको अवार्डको नोमिनेशन १५ फागुनमा सार्वजनिक हुँदैछ ।सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीतले अवार्डमा आवेदन फारम भरेका छन् । आयोजकले अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो । अहिले आवेदन फारम भर्ने काम […]

जानीराख्नोस् ! यस्ता छन् : जौँको रोटी खानुका फाइदाहरु

काठमाडौं– रोटी पकाउन गहुँ वा अन्य आँटा नै चाहिन्छ भन्ने छैन । विगतमा गहुँका अलावा अरु अन्नहरु पनि प्रयोग हुन्थे । यस्तै वैकल्पिक अन्न हो जौँ । रोटीका लागि जौँको आँटा प्रयोग गर्नु सुरक्षित र स्वास्थ्यवर्द्धक हुन्छ । यस्ता छन् फाइदाहरु अत्यधिक पौष्टिक गहुँको तुलनामा जौँमा बढि पौष्टिक तत्व हुन्छ । जौँको आँटामा क्याल्सियम, जिंक, […]

जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो– महामन्त्री कोइराला

लमजुङ– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनताको चाहना काँग्रेसभित्रको सुदृढीकरण हो, अब नेतृत्वले यसलाई मनन गर्ने बताएका छन् । लमजुङको उदिपुरमा विहिबार साँझ आयोजित एक कार्यक्रममा बोल्दै डा कोइरालाले यस्तो बताएका हुन । नेपाली काँग्रेसभित्र विभिन्न असन्तुष्टि सिर्जना भएपनि सबैको चासो काँग्रेसको सुदृढीकरणको लागि भएको उनको दाबी थियो । काँग्रेस अब संगठित भएर अघि […]

१७ मन्त्रालय राख्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं–अब केन्द्रमा १७ मन्त्रालय हुने भएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारमा १७ मन्त्रालय बनाउने निर्णय गरेको वातावरण तथा जनसंख्या मन्त्री लालबाबु पण्डितले जानकारी दिए।अहिले केन्द्रमा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन्। मन्त्रिपरिषद्को निर्णयसँगै अब १३ मन्त्रालय घटाउनु पर्ने छ।संविधानले केन्द्रीय सरकारमा २५ जनामात्र मन्त्री हुन पाउने व्यवस्था गरेको छ। यसअघि […]

आज नेपाली क्रिकेट टोलीलाई नगदसहित सम्मान गरीने

काठमाडौं– विश्व क्रिकेट लिग डिभिजन टू को उपविजेता बन्दै विश्वकपको छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई सरकारले आज नगद पुरस्कारसहित सम्मान गर्दैछ ।नेपाली टोलीले हासिल गरेको सफलताले नेपालकै शीर उचो बनाएको ठहर गर्दै सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही तीन लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे क्रिकेट टोलीलाई बालुवाटारमा […]

दशगजामा फोहर व्यवस्थापन नहुदा बजारै प्रदूषित

कपिलवस्तु– नेपाल–भारतको सीमानाकामा पर्ने दशगजास्थित कृष्णनगर क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा बजारनै प्रदूषित बन्न थालेको छ । दुवै देशको सीमामा रहेको दशगजा खुल्ला भएपछि यहाँका व्यवसायी र स्थानीयले सोही क्षेत्रमा दिनहुँ फोहर फाल्ने र त्यसको प्रभावकारी व्यवस्थापन हुन नसक्दा यहाँको बजारनै दुर्गन्धित हुन पुगेको हो । यसले गर्दा दुवै देशका नागरिक फोहरबाट निस्कने दुर्गन्धले प्रभावित […]

निःशुल्क चालकको आँखा परीक्षण गरिदैँ

पोखरा– बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ ।हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको सयौँ वार्षिकोत्सवको उपलक्ष्यमा फागुन १३ गते हुने शिविरमा आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिने बिहीबार यहाँ आयोजित छलफल कार्यक्रममा जानकारी दिइयो । पश्चिमाञ्चल […]

मेलम्ची खानेपानीको सुरुङ निर्माण सुस्त

चौतारा– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ ।ठेकेदार कम्पनीले निर्माण सामग्रीको अभाव भएको भन्दै कुनै दिन कामै नहुने, कुनै दिन एक मिटर खनिएको र काम भएको दिनमा पनि छदेखि आठ मिटर मात्र सुरुङ खनिएकाले काममा ढिलाइ भएको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए। […]