राष्ट्रियसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई बुझाईयो

काठमाडौं (पास)– राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ बमोजिम उक्त प्रतिवेदन बुझाएको हो । राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते […]

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ– दैनिक रूपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रूपमा प्रस्तुत भएका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन् । २०६७ सालदेखि […]

स्थानीय तहमा जान नमान्ने कर्मचारीलाई तलब नदिने निर्णय

बागलुङ (पास)– स्थानीय तहमा नपुगी जिल्लामै बसेर काम गरेका आधारमा कर्मचारीले तलब नपाउने भएका छन् । स्थानीय तह गठन भएको महिनौँ बित्दा पनि कर्मचारी कार्यक्षेत्रमा नगएपछि यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समिति, दश वटै स्थानीय तह र विषयगत कार्यालयका प्रमुख बीचको बैठकले कर्मचारी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको हो । कर्मचारीको […]

भित्रिएको १ घण्टामै बेहुलीले छोरा जन्माएपछि…

सिरहा– विवाह गरेर ल्याएकी नव दुलहीसँग तपार्इं के अपेक्षा गर्नुहुन्छ ? सबैका अपेक्षा फरक हुन सक्छन् । तर, कहिलेकाहीँ तपार्इंको अपेक्षाभन्दा नितान्त फरक अवस्था सिर्जना हुन्छ । जुन कुरा तपार्इंले कल्पना पनि गर्नुभएको हुन्न । सिरहाको दक्षिण गाउँमा शुक्रबार एउटा यस्तै अनपेक्षित घटना घटेको छ । जिल्लाको दक्षिणवर्ती सुखीपुर नगरपालिका–४ पोखरियाका उमेशकुमार राम ९मोची० को […]

आगोलागीबाट तीन बालिकाको मृत्यु

रसुवा (पास)– दक्षिणी रसुवाको नौकुन्ड गाउँपालिका–५ मा शनिबार स्थानीय वीरबहादुर मोक्तानको घरमा आगोलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । स्थानीय धनबहादुर मोक्तानको घरमा शनिबार दिउँसो आगोलागी हुँदा उनकी ६ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको […]

एघार वर्षीया बालिका बलात्कृत, अपहरित बालक सकुशल मुक्त

लहान (रासस)– सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ । घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको […]

काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्छः विश्वप्रकाश शर्मा

दमक (पास)– नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, झापा क्षेत्र नं ५ ले आज झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले काँग्रेसको अहिलेसम्मको परिपाटीलाई परिवर्तन गरी अब नयाँ ढंगले पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताए । उनले त्यस्तो परिवर्तन […]

दुबई जाने नेपालीलाई आर्थिक भार थपियो

काठमाडौं (पास)– वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थप ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ । दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो । दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन (प्रहरी प्रतिवेदन) प्रमाणपत्र […]

‘संघीयताले आर्थिक भार थप्दैन’

काठमाडौं (प्रस)– संघीयता कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा देशमा आर्थिक संकट आउने हो कि भनी आशंका बढिरहेको बेला अर्र्थविद्ले संघ, प्रदेश तथा स्थानीय निकायको बढोत्तरीकै कारण आर्थिकरुपमा कुनै समस्या नआउने बताएका छन् । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनीहरुले एकात्मक राज्यको अन्त्यपछि संघीयताको कार्यान्वयनमा जाँदा सिंहदरबारको ६० प्रतिशत जिम्मेवारी स्थानीय तहमा गएका नेपाल सरकारको आधा खर्च […]

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा खेप्नुप-यो

विराटनगर (पास)– सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताएकी छन् । उनले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा आजदेखि यहाँ आयोजित ‘संघीयतामा लैङ्गिक उत्तरदायी, सार्वजनिक सेवा’ विषयक गोष्ठीमा आफू प्रधानन्यायाधीश रहरले होइन बाध्यताले भएको बताइन् । पूर्व प्रधानन्यायाधीश कार्कीले […]