जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरु भएको छ । सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो । आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौंँ नागरिकले सास्ती खेप्नु परिरहेको छ […]

‘फाटेको जुत्ता’सँगै मिसियो ‘धनवान’

काठमाडौं – फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् ‘फाटेको जुत्ता’ र ‘धनवान’ । प्रचारप्रसार सहित प्रदर्शनमा आएको ‘फाटेको जुत्ता’सँग ‘धनवान’ अचानक जुध्न आएको हो । ‘फाटेको जुत्ता’ सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको चलचित्रमा प्रवेश मल्लिक […]

कसैले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्याक, कसैले केकमै लेखे राजीनामा

वासिंटन– जागिर छाड्नु मानिसको जीवनको अहम् फैसला मानिन्छ । केहीले उमेर, स्वास्थ्यलगायतका कारण जागिर छाड्छन् भने केहीले पारिश्रमिकप्रति असन्तुष्टि, सहकर्मीहरुसँग तालमेलको अभाव, एउटै कार्यालयमा लामो समय काम गर्दाको निरशतालगायतका कारणले जागिर छाड्छन् ।   कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आउँछ । अर्को राम्रो विकल्प सामुन्ने आएको अवस्थामा होस् या जागिरका लागि निर्धारित उमेर हदका […]

मतदान तथा मतगणना विषयक प्रशिक्षण शुरु

काठमाडौं (पास)– निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सहज तरिकाबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले आज मतदान तथा मतगणना विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आयोग परिसरमा सञ्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरु सहभागी रहेको उक्त […]

रफायल नदाललाई घुँडामा चोट, पेरिस मास्टर्स कपमा नखेल्ने

काठमाडौं– विश्व नम्बर एक रफायल नादालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्याग गरेका छन् ।  क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो । नदालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको बताए । तेस्रो चरणअन्तर्गत पाब्लो कुइवाससँगको खेलमा नाडालको घुँडामा चोट लागेको […]

पुनःनिर्माण प्राधिकरणद्वारा २८ बुँदे घोषणापत्र जारी

काठमाडौं– भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित […]

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ– ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएका हुन् । उनले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गरे । कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी […]

ढुंगेसाँघुमा धार्मिक पर्यटनस्थलको निर्माण गरिने

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ ढुंगेसाँघुमा धार्मिक पर्यटनस्थलको निर्माण गरिने भएको छ । स्थानीय र विभिन्न धार्मिक संघ–संस्थाको पहलमा उक्त स्थानमा धार्मिक पर्यटनस्थल निर्माण गरिन लागिएको हो । ढुंगेसाँघुमा मुक्तिनाथजस्तै १०८ ओटा धारा एवं दुईओटा पोखरीसमेत हुबहु निर्माण गरिने जनाइएको छ । यसै अवसरमा शनिबार पशुपतिनाथ कल्याणकारी कोषले कलशयात्रा आयोजना गर्‍यो । गोदावरी जलकुन्डबाट […]

वाम गठबन्धन घोषणापत्र ; घरघरमा बिजुली जनजनमा शेयर

रमेश लम्साल काठमाडौं– ‘घरघरमा बिजुली ः जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ […]

प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन निर्बाचन– अध्यक्ष थापा

हेटौंडा– उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताए ।   उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति […]