आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । यस वर्षको साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार (जुलाई १६ तारिख) परेको छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै […]

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो […]

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा अधिकारी

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका हुन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिइन् […]

स्पेन र अर्जेन्टिनाका रोचक संयोग

काठमाडौं। स्पेन र अर्जेन्टिना महादेशीय फुटबल च्याम्पियनसिपको विजेता बने। स्पेनले युरो कप जित्यो भने अर्जेन्टिनाले कोपा अमेरिका। करिब ७ घण्टाको फरकमा सम्पन्न भएका दुई फाइनलमा स्पेनले इङ्गल्यान्डलाई २(१ र अर्जेन्टिनाले कोलम्बियालाई १(० गोलले हरायो। यी सफलतामा दुवै टोली महादेशीय च्याम्पियनसिप सर्वाधिक जित्ने टोली बनेका छन्। स्पेनले चार पटक युरो र अर्जेन्टिनाले १६ पटक कोपा अमेरिका […]

पशुपतिमा साउन महिनाको लागि भिड व्यवस्थापनको तयारी पूरा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै […]

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट […]

रुकुमपश्चिममा बाढीको बितण्डा, तीन बालबालिकाको मृत्यु, एक जना बेपत्ता

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका मृत्यु भएको छ । ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो । ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी भने बेपत्ता भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले नेपालप्रेसलाई बताए । उनले […]

आज यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । यी जिल्ला भई बहने नदीको […]

एक महिनाभित्र देखिनेगरी काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका […]

त्रिशूली बस दुर्घटनाका ५ यात्रु मृत भेटिए

चितवनको नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा खसेका बसका ५ जना यात्रु मृत अवस्थामा भेटिएका छन्। आइतबार बिहान भरतपुर महानगरपालिकाको गोलाघाट र नवलपुरको गैंडाकोटमा एक(एक वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए। गैंडाकोटमा भेटिएको शव भारतको विहार राज्य बेतिया जिल्लाका ४० वर्षीय सज्जाद अन्सारीको रहेको रिजालले बताए। उनका दाइ मेराज हुसेनले शवको […]