ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, […]
समाचार
काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन
काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्त पूर्ण रुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएराति १२ […]
गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी
गोरखा । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]
बर्दियाको गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत फेला
बर्दिया । बर्दियाको मधुवन नगरपालिका ८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर […]
चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्। दसैंतिहार मनाउँदा करिब ३० हजार रूपैयाँ ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले […]
मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु
नवलपरासी । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन […]
सूर्यदेवको आराधना गरी आज छठ पर्व मनाइँदै
काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा […]
पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो : मौसमविद्
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महशुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताए । तापक्रम घटेका कारण चिसो महशुस भएको उनले बताए । उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउनेहुँदा चिसो हुने […]
यस्तो छ भाइटीकामा दाजुभाइ र दिदीबहिनीले टीका लगाउँदा प्रार्थना गर्ने मन्त्र
विजया दशमी अर्थात् बडादसैँमा मान्यजनबाट टीकासँगै आशीर्वाद ग्रहण गरिन्छ । बडादसैँमा पुरुष र स्त्रीलाई दिइने आशीर्वादको मन्त्र फरक–फरक भएजस्तै तिहार अर्थात् यमपञ्चकमा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले मन्त्र पढी प्रार्थना गर्ने विधान छ । ती दुवै मन्त्रका श्लोकको अर्थसहित यहाँ प्रस्तुत गरिन्छ । टीका लगाइसकेपछि दिदी–बहिनीले दाजुभाइका लागि प्रार्थना गर्ने मन्त्र ः मार्कण्डेय […]
दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज बालगोपालेश्वर खुला हुने
काठमाडौं । आज यमपञ्चक अर्थात तिहारको मुख्य दिन बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । दिदीबहिनी नहुनेका लागि आज एक दिनका लागि काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् […]