कतार एयरवेजमा निःशुल्क वाइफाइ सेवा सुरु

एजेन्सी । कतार एयरवेजले यात्रुहरूलाई मध्यनगर गर्दै १०० दिनका लागि निःशुल्क अन–बोर्ड सुपर वाइफाइ कनेक्टिभिटी सेवा प्रदान सूचारु गरेको छ । २५ सेप्टेम्बरबाट सुरु भएको यो सेवा आगामी २ जनवरी २०२१ सम्म यात्रु परिवार, साथीभाइ र सहकर्मीहरूसँग निःशुल्क फोनमा कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । कतार एयरवेजका अनुसार एशिया, मध्य पूर्व र उत्तर अफ्रिकामा उच्च–स्पीड […]

उपत्यका ट्राफिकको भिडियो कन्फरेन्स

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले ट्राफिक महाशाखा मातहतका ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई भिडियो कन्फरेन्स मार्फत निर्देशन सम्बोधन गरेका छन् । महाशाखाअन्तर्गतका ट्राफिक प्रहरी कार्यालयहरुले यस विद्यमान परिस्थितिमा सम्पादन गरिरहेको ट्राफिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा जानकारी लिई आवश्यक निर्देशन सम्बोधन गर्ने उद्देश्यले उक्त भिडियो कन्फरेन्स […]

एकैदिन थप १० जना कोरोन संक्रमितको मृत्यु

काठमाडौँ । कोरोना संक्रमित थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४७७ पुगेको जानकारी दिएको छ । आज एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । एकैदिन ८८५ जनाले कोरोना जितेका […]

उपत्यका कोरोना अपडेट : ८०९ संक्रमित ,५ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको […]

२४ घन्टामा देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १२३ नमुना परीक्षण गर्दा ५२४ महिला र १०४९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।  उनीहरुमध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जना […]

पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने : मन्त्री भट्टराइ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् । शुभकामना सन्देशमा लेखिएको छ, ‘हरेक कालो […]

वालुवाटारमा दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आइतबार (आज) बस्ने भएको छ । प्रधामन्त्री निवास वालुवाटारमा दिउँसो १२ बजे बैठक बस्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् पुनरगठन लगायत विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले बताएको छ ।

नियन्त्रणमा लिइयो मान्छे मार्ने बाघ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने […]

भक्तपुरमा कोरोना सङ्क्रमण परीक्षण गर्न प्रयोग हुने ‘भिटिएम’ किटको अभाव

भक्तपुर । कोभिड–१९ अर्थात कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भिटिएम’ किट को भक्तपुरमा चरम अभाव भएको छ । नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भिटिएम’ को अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । उनले विगतमा दैनिक […]

कैलालीमा ५३१ सक्रिय कोरोना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिनअघि प्रदेशमा ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या कूल एक हजार ८५ पुगेको छ । सबैभन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ५३१ जना पुगेका छन् । यसैगरी सक्रिय सङ्क्रमित बिरामी अछाममा […]