चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण

चितवन । चितवनमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावमा गरिएको परीक्षणमा चितवनका १५ सहित २० जना र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जना चितवनकै गरी २० जनामा संक्रमण पुष्टि भएको हो । चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा.नीतु अधिकारीका अनुसार सोमबार राति ११ बजे प्राप्त […]

नवजात शिशुलाई अब भिटामिन के

काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ ।   रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख […]

लिदी पहिरामा बेपत्तामध्ये ३६ को शव फेला

काठमाडौं । गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको शव भेटिएको थियो । दुई पुरुष र एक महिलाको आज शव फेला परेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी […]

दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार शव नेपाल ल्याएको छ भने हिमालय एयरलाइन्सले अबुधाबीबाट १५५ यात्रु र एक बच्चा काठमाडौँ ल्याएको छ । थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दोहाबाट समान […]

डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि डा.रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन् । “शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्‍नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबारबाट ह्याम्स अस्पताल भर्ना भएका छौं,” उनले भने, “अहिले हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ […]

मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम […]

२४ घण्टामा ५८८ जनाले ‘जिते’ कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ८२२ थियो ।मन्त्रालयका […]

नेपालमा पहिलो पटक कोरोनाबाट स्वास्थ्यकर्मीको मृत्यु

जनकपुरधाम । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिश्वा नगरपालिका–४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उनको सिन्धुलीमा मृत्यु भएको थियो । उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको […]

काठमाडौं उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ […]

कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचारारत कोरोना संक्रमित एक वृद्धको आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा।प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना संक्रमणले मृत्यु भएको हो । भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार […]