पर्वतको ४० प्रतिशत पिउनेपानीमा दिसाका जीवाणु भेटियो

पर्वत । पर्वतमा रहेका पानीका मुहानमध्ये ४० प्रतिशतमा दिसामा हुने जीवाणु ‘इ।कोली’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा पुगेर नमूनाका रूपमा लिइएका मुहानका पानी परीक्षण गर्दा ४० प्रतिशतभन्दा बढी मुहानको पानीमा इ।कोली र कोलीफर्म रहेको पाइएको स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिए । यो नतिजाले जिल्लाका अधिकांश […]

एक महिनापछि मेची राजमार्ग खुल्यो

फिदिम । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग […]

बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसका कारण मुलुकभर बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित भारी […]

कोभिड देखि अझै खुलेन टिपताला नाका

ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दैनिकीसमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, […]

काठमाडौँमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्त पूर्ण रुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गएराति १२ […]

गोरखामा एक हप्ता हिँडेर मतदान केन्द्र पुगे कर्मचारी

गोरखा । प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार निर्वाचन क्षेत्र रहेको गोरखा जिल्लामा मतदानका लागि सबै तयारी पूरा भएको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका दुई सय २२ मतदानस्थल र तीन सय १७ वटै मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]

बर्दियाको गणेशशिव सामुदायिक वनमा पाटे बाघ मृत फेला

बर्दिया । बर्दियाको मधुवन नगरपालिका ८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो । मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर […]

चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। दसैं र तिहार मनाउँदा लागेको ऋण तिर्न नदी किनारका बालुवा चालेर सुन खोज्न उनीहरू घरबाट निस्किएका हुन्। दसैंतिहार मनाउँदा करिब ३० हजार रूपैयाँ ऋण लागेकाले साहुलाई तिर्न सुन खोज्न नदी किनारतर्फ हिँडेको ५७ वर्षीय मेखलाल बोटेले […]

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु

नवलपरासी । मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका दर्शन गर्नका लागि तिर्थालु बोकेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व नवलपुरमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । अहिले घाइतेको उद्धार भइरहेको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन […]

सूर्यदेवको आराधना गरी आज छठ पर्व मनाइँदै

काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा […]