इलाममा सर्पले डसेर किशोरीको मृत्यु

इलाम । विषालु सर्पले डसेर सूर्योदय नगरपालिकाका लक्ष्मीपुरमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्योदय नगरपालिका–१३ का टीका विसुङ्खे रहेकी छिन् । सोमबारराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा झापाको चालआलीमा उनको मृत्यु भएको छिमेकी विष्णु भट्टराईले जानकारी दिए ।

ट्याक्टर दुर्घटनामा परी एकको निधन, दुई घाइते

रामेछाप । मन्थली नगरपालिका २ बान्द्रेस्थित सडकमा ना.६ त ६३०१ नम्बरको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर मंगलबार बिहान दुर्घ टना हुँदा ट्याक्टरमा सवार मन्थली नगरपालिका १ सानिमदौ बस्ने ४० वर्षीय धुर्व रोक्काको तामाकोशी अस्पताल मन्थलीमा उपचारको क्रममा निधन भएको छ । दुर्घ टनामा घाइते भएका ट्याक्टर चालक मन्थली नगरपालिका ७ भटौली […]

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिईने

इनरुवा । सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । कोशी गाउँपालिका–३ का अनमोल मुखियाको शनिबार हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो । गाउँपालिकाले सोमबार मृतक मुखियाको परिवारलाई किरिया खर्चबापत २५ हजार प्रदान गरिएको समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अगुवाइमा गएको टोलीले मृतक […]

पर्यावरणीय विविधतालाई पर्यटकीय रूपमा उपयोग गरिँदै

घाँसा (मुस्ताङ)– हिमालपारिको जिल्ला मुस्ताङको मुख्य प्रवेश मार्गमा रूपमा रहेको घाँसामा पर्यावरणीय विविधतालाई पर्यटकीय रूपमा उपयोग गर्ने प्रयास थालिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रको दोसाँध जस्तै रहेको घाँसालाई पर्यापर्यटन, चरा अवलोकन स्थललगायत रूपमा विकास गर्न लागिएको हो । पर्यटकीय नगरी पोखराबाट पर्वत, म्याग्दी हुँदै स्थल मार्गबाट पुगिने घाँसा, म्याग्दी र मुस्ताङको सिमानामा पर्दछ […]

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव

काठमाडौं । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा […]

तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड !

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि लाम लागेको छ । पशुपतिनाथ प्रवेश गर्न व्यवस्था गरिएका चारवटै लाम मूल सडकसम्म आइपुगेको छ । सबै लाममा महिला भक्तजन मात्र छन् । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान ३ बजेदेखि नै […]

आज तीज पर्व मनाइँदैः शास्त्रमा छैन विभेद्कारी व्रत परम्परा, देशभरका महादेवको मन्दीरमा पूजा आराधना

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका तीज पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी […]

१० वर्षपछि तीजमा खुल्यो पशुपतिको पूर्वी ढोका

काठमाडौं । पशुपतिनाथ क्षेत्र विकास कोषले १० वर्षपछि पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरेको छ । २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका यसै वर्षको तीजदेखि खुला गरिएको हो । कोषले पूर्वी गेटलाई लामो समयदेखि पशुपतिनाथ मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आएको थियो । कोषका सदस्यसचिव डा प्रदीप ढकालले यस […]

गौहत्या प्रकरणः छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छः मन्त्री इस्तियाक

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । आइतवार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद् हो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका […]

तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने, सादा पोसाकमा प्रहरीले सुरक्षा दिने

काठमाडौँ– यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तीजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग […]