एक वर्षका लागि बिदा भए देवीदेवता

मध्यपुरथिमि– मध्यपुरथिमि नगरपालिकाका विभिन्न टोलमा आएका विभिन्न देवी देवताहरू चार दिन चार रातपछि आगामी एक वर्षका लागि बिदा भएका छन् । गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर यहाँका विभिन्न क्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव) लगायतका देवताहरूलाई भोज खुवाएर बिदाई गरिएको छ । थिमिको लाय्कू भैल प्याखँमा ज्यापुँगः एक, न्हापा र लिपा गरी […]

श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर– आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन) लाई बिहिबार पक्राउ गरेको हो । रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया […]

कर्णालीमा आत्महत्याको अवस्था डरलाग्दो, नीतिगत सुधार आवश्यक

सुर्खेत– आत्महत्या समाज विकासको निकै ठूलो बाधक घटना बन्दै गएको छ । समाजमा घट्ने यस्ता प्रकारका घटनाले पारिवारिक मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक वातावरणमा समेत प्रभाव पार्न थालेको छ । आत्महत्याका घटनाको प्रभाव गाउँभन्दा शहरमा बढी भएको पाइएको छ । पछिल्लो समयमा यो समस्या र चुनौतीका रुपमा देखापरेको छ । यद्यपि हाम्रो समाजमा आत्महत्या […]

साउदीमा महिला कामदार जान नपाउने

काठमाडौं– साउदी अरबमा अब महिला काकदारहरु सप्लाई र कन्ट्राक्टिङ कम्पनीहरु जान नपाउने भएका छन् । साउदी अरबस्थित राजदूतावासले एक सूचना जारी गर्दै यी दुई खालका कम्पनीमा नयाँ महिला कामदार लैजान दिने गरी मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । वैदेशिक रोजगारीको लागि साउदी अरव आएका कैंयौं नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका […]

अझै बनेन चावहिल–साँखु सडक यात्रुको सास्ती उस्तै

साँखु– काठमाडौँको चावहिल–साँखुखण्डकोे सडक स्तरोन्नति गर्नुपर्ने माग राख्दै साँखुवासीले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिद्वारा आज नगरपालिकाका उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठमार्फत प्रमुख सुवर्ण श्रेष्ठ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालाई पत्रमार्फत ध्यानाकर्षण गराइएको हो । चावहिल साँखु सडकखण्डको तत्काल स्तरोन्नति एवं बाटो सुधारको माग राख्दै जनप्रतिनिधिको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको […]

बोलबम यात्रीले पशुपतिनाथलगायत शिव मन्दिरमा भक्तजनको भीड

काठमाडौँ– साउन महीनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पवित्र नदी, ताल, तलाउ एवं पोखरीबाट शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ । पशुपतिनाथमा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट जल ल्याई चढाउने भक्तजनको लर्को छ । आइतबार राति नै सुन्दरीजल गई बसेका बोलबम यात्री बिहान सुन्दरीमाई मन्दिरमुनिको नदीमा स्नान गरी जल सङ्कल्प गरेपछि काँवरमा राखेर […]

विषालु च्याउ खाँदा तीनको मृत्यु

रोल्पा– विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी र तीन वर्षीय पुस्कल बुढाथोकी रहेका स्थानीय जेवी विष्टले जानकारी दिए । घर नजिकै जङ्गलबाट आमा […]

अब नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन पनि हुने

काठमाडौँ– बोम्बो (झाँक्री) संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय झाँक्री सम्मेलन आयोजना हुने भएको छ । नेपाल तामाङ बोम्बो संरक्षण समाजले काठमाडौँमा आगामी पुस १४ र १५ गते सम्मेलन आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउने उद्देश्यका साथ हुने सम्मेलनले विश्वका झाँक्री समुदायलाई एकीकृत गर्ने […]

तिम्बुङ पोखरीमा अतिक्रमण भएको भन्दै चौतर्फी विरोध, राजकुमार नाल्बोले योगेश भट्टराईलाई बाहुनबादी सोँच भन्दै यस्तो गम्भीर आरोप लगाए

काठमाडौं– पाँचथरका विभिन्न सङ्घसंस्थाले तिम्बुङ पोखरी सांस्कृतिक तथा जैविक अतिक्रमण गरिएको भन्दै विरोध जनाएका छन् । पाँचथर र ताप्लेजुङ जिल्लाको सीमा क्षेत्रमा पर्ने उक्त पोखरीको नाम परिवर्तन गर्ने उद्देश्यका साथ मन्दिर निर्माण गरिएको भन्दै ती संस्थाले विरोध जनाएका हुन् । तिम्बुङ पोखरीलाई प्राकृतिक र जैविकरुपमा रहन दिनुपर्ने भए पनि मन्दिर निर्माणका क्रममा कङ्क्रिट प्रयोग गरिनाले […]

भड्किलो रुपमा तीज मनाइएको पाइए कारवाही !

चिप्लेढुङ्गा– हिन्दू महिलाको महान पर्वको रुपमा मानिने हरितालिका तीज नजिकिँदै गर्दा कास्की जिल्ला प्रशासनले तीजमा हुने भड्किलो गतिविधि रोक्न सूचना प्रकाशित गरेको छ । केही वर्षयता तीजको नाममा महीना दिन अगाडिदेखि हुने भड्किलो गतिविधिले तीजको सांस्कृतिक एवं धार्मिक महत्वलाई गौण बनाउँदै लगेको भन्दै यसको संरक्षणमा जुट्न केही दिनअघि नारी जागरण अभियानले मुख्य मन्त्री, पोखरा महानगरपालिका […]