ग्यास सिलिण्डर पड्किँदा चार घाइते

सर्लाही– हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् । बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको छ । बजारमा फोहर नष्ट गर्न बालिएको आगो हावाहुरीले छेउमै रहेको खुश्वु फर्निचर उद्योग पुग्दा आगलागी हुनपुगेको थियो । फर्निचरबाट सल्किएको आगो […]

हावाहुरीबाट ज्यान गुमाउनेको परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय

धनुषा– गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु […]

हावाहुरीबाट मृत्यु हुनेको संख्या २७ पुग्यो, ६ सय बढी घाइते

वीरगञ्ज– आइतबार साँझ आएको हावाहुरीबाट बारा जिल्लामा २६ जना र पर्सा जिल्लामा एक जना गरी २७ जनाको मृत्यु भएको र ६०० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बारा जिल्लाको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका […]

अन्य सबै कायैक्रम स्थगित गरेर प्रधानमन्त्री बारा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला बारा जाने भएका छन् । हावाहुरीबाट ठूलो मात्रामा धनजनको क्षति भएपछि प्रधानमन्त्री बारा जाने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाँदैछन् । प्रधानमन्त्री ओली आइतबार झापा र […]

कर्णाली संरक्षणप्रति सर्वपक्षीय चिन्ता

धम्बोझी– कर्णाली नदीको दिगो संरक्षणप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको छ । कर्णालीमा भइरहेको दोहोन रोक्न तथा वातावरण वन्यजन्तुमैत्री विकासलाई अगाडि बढाउन कर्णाली नदी संरक्षण सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय कर्णालीमा भइरहेको दोहनले मानव र वन्यजन्तुको भविष्य सङ्कटमा परेकाले सरोकारवालाले नदीको दिगो संरक्षणका अपरिहार्य भएको आँैल्याएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले […]

काठमाडौंका ९ स्थानमा तत्काल आकाशे पुल आवश्यक

काठमाडौँ– काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो । नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा […]

तीनै तहमा कर्मचारी समायोजन

काठमाडौँ– सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम पुरा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी तीनै तहमा कर्मचारी समायोजनको काम पुरा भएको बताए । अहिले रहेको दरबन्दीअनुसार मन्त्रालयले तीनै तहमा कर्मचारी समायोजनको काम सकेको हो । उनले तीनै तहमा एक लाख ३१ कर्मचारी समायोजन गरिएको […]

एकैरातमा १८ टन धुलो सङ्कलन, उपत्यकाको यी ठाउँहरुमा चल्नेछन् ब्रुमर

काठमाडौँ– काठमाडौँका सडकबाट बु्रमर (यान्त्रिक कुचो) ले एकै रातमा १८ टन धुलो सङ्कलन गरेको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि सञ्चालनमा ल्याएको पाँच वटा बु्रमरले पहिलो रात पानीको कारण सडक सफा गर्न नपाए पनि गए राति सडक सफा गरेर उक्त परिणममा धुलो सङ्कलन गरेको हो । फागुन २८ गते इटलीबाट पाँच बु्रमर काठमाडौँ ल्याइएको हो […]

‘देउमाई साहित्य, पर्यटन महोत्सव’ गरिने

इलाम– पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारप्रसार गर्ने उद्देश्यले ‘देउमाई साहित्य, पर्यटन महोत्सव’ गरिने भएको छ । समाजका लागि युवाद्वारा देउमाई नगरपालिका–४ स्थित नागिडाँडामा चैत २३ र २४ गते आयोजना गर्नेे महोत्सवमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टाको सहभागिता हुने छ । स्रष्टाका माध्यमबाट स्थानीयस्तरका पर्यटकीयस्थल र स्थानीय खानपानको प्रचारप्रसार गरी यहाँको पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका […]

बरामद भएको लागुऔषध नष्ट गरेको प्रमाण किन हुँदैन ?

बाँके– प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट […]