अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग ‘असफल’ !

काठमाडौँ– शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उनी अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भए । “कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका लागि प्रतिस्पर्धा भनिएकाले स्थायी […]

चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने

काठमाडौँ– विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, […]

गोलाबारीमा १३ घण्टा हराएका युद्धवीरले १४ वर्ष टेके

हेटौँडा– १४ वर्षमा प्रवेश गर्दै गरेका युद्धवीर माघ २ गते निक्कै व्यस्त थिए । कतिपय उनीसँग सेल्फी खिच्दै थिए त कतिपय अन्तरवार्ता लिँदै । लज्जालु स्वभावका युद्धवीर भने भीडबाट टाढिन खोज्थे । मुश्किलले पाँच÷ छ वटा घर भएको साविक फापरबारी गाविस र अहिलेको बागमती गाउँपालिकाको केन्द्र रहेको झुरझुरेको मुख्य मार्गबाट २० मिनेटको ठाडो उकालो हिँडेपछि […]

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

काठमाडौँ– आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् । उनीहरूले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा कानूनबमोजिम पाउने उपदान (गोल्डेन ह्याण्डसेक) मा औषधि उपचारको सुविधा थपेर तत्काल उपलब्ध गराइनुपर्ने माग राखेका छन् । […]

केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु

काठमाडौँ– नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए । “रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको […]

आजदेखि शुरु हुने श्रीस्वस्थानी महिमा के हो ?

काठमाडौँ– प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आज सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ […]

दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्दै

काठमाडौँ– राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ । मन्दिर क्षेत्र प्रवेश गर्ने फर्पिङस्थित दक्षिणकाली नगरपालिकाको कार्यालयबाट अगाडि मूल सडकबाटै […]

बिग्रिए सिसी क्यामरा : बल्दैनन् सौर्यबत्ती

बाँके– नेपालगञ्जका विभिन्न चोकमा राखिएका सिसी क्यामरा बिग्रिन थालेका छन् । नेपालगञ्जका १६ ठाउँमा ५६ सिसी क्यामेरा राखिएकोमा १२ बन्द छन् । ती बिग्रिएका क्यामराको समयमै मर्मत हुनसकेको छैन । क्यामराको निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चारफाँटले केही लामो समयदेखि र केही हालसालै बिग्रिएर १२ त्यस्ता क्यामराले काम गर्न छाडेको जनाएको छ । क्यामरा […]

देशभर चिसो बढ्यो, आज काठमाडौँको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस

काठमाडौँ– बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली […]

मुस्ताङ दुर्घटनाः २० जनाको शव पोखरातर्फ

पर्वत (रासस)– हिमालपारिको जिल्ला मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनाका २० जनाको शव पोखरा पठाइएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँच शव पोखरा पठाइएको हो । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ […]