साताको अन्तिम दिन सुधारियो सेयर बजार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा राम्रै सुधार आएको छ । मंगलबारसम्म घट्दै आएको बजार बुधबार थोरै सुधार भएको थियो । बुधबारदेखि शुरु भएको सुधार हुने क्रम बिहीबार करिब ४३ अंकले सुधार भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४२ दशमलव ९५ अंकले बढेर २ हजार ४ सय ७५ दशमलव ०९अंकमा पुगेको […]

हामी पार्टी विभाजनको पक्षमा छैनौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्छौं ।’ पार्टी नेतृत्वले कारबाही गर्ने चेतावनी लिएकोतर्फ संकेत गर्दै नेता नेपालले स्थानीय तहका जनप्रतिनिधिहरुको पद खोस्न सम्भव नभएको बताए । […]

जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एकजना पक्राउ

तनहुँ । १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा सुक्लागण्डकी नगरपालिका–९ बस्ने २७ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ती पुरुषले बहिनीलाई आइतबार राति र पहिले पनि पटक–पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले […]

वाईसीएलले जेठमा राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो । बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । भेलाले […]

तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण बनेको छैन : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता शर्माले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको […]

‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने दुई महिला पक्राउ

काठमाडौँ । ‘हनी ट्रयाप’मा फसाई रकम असुल्ने कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको झुठो आरोपमा दोषी ठहर गर्दै सुर्खेत जिल्ला अदालतबाट साढे तीन वर्षको जेल सजाय सुनाइएकी ललिता भन्ने लालसरी शाही र कल्पना हमाललाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका वडा नं.३२, कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेष्ट हाउसमा भेट्न बोलाई […]

एकैदिन देशभर थप १०७ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा बिहीबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै थप १ जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १५ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ […]

कुबेतमा नेपालसहित ८ मुलुकलाई प्रवेश अनुमति

दोहा । कोरोना महामारीका करण कुवेतले लामो समयदेखि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अब नेपालसहित ८ देशका नागरिकले कुवेत प्रवेश गर्न पाउने जनाइएको छ ।  प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँगै अब आगामी मार्च २५ तारिखदेखि नेपालसहित बहराइन, युएई,भारत, फिलिपिन्स, बङ्गलादेश, श्रीलंका र टर्की लगायतका विदेशी श्रमिकहरुले सिधै कुवेत प्रवेशको अनुमति पाउने भएका हुन् । कुवेत […]

आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा चार […]

कांग्रेस नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन

मोरङ । नेपाली कांग्रेस नेता अशोक कोइरालाको आज बिहान निधन भएको छ । नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइराला विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर समेत थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए […]