चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती

पशुपतिनगर, (इलाम)- उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् । किसानले आइतबार साँझ नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा चिया पोखेर विरोध जनाएका […]

किसानका आँखा अझै आकासतर्फ

काठमाडौँ- औपचारिक रुपमा आइतबारदेखि नेपालमा धान रोपाइँ शुरु हँुदैछ । भोलि असार १५ दही चिउरा खाने दिन । चिउरा धानबाट तयार गरिने परिकार अर्थात नेपालीको प्रमुख खाद्यान्न बाली धानको महिमा र महत्व मुलुकको अर्थतन्त्रसँग पनि जोडिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसवर्ष “धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण” भन्ने मूलनाराका साथ बर्दियाको […]

जनप्रतिनिधि नै यार्सा टिप्न गएपछि बजेट आएन

जाजरकोट- डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छ । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन गर्न गएका कारण बजेट सार्वजानिक हुन सकेको छैन् । अधिकांश समय काठमाडौँमा बिताएर चैतमा मात्र डोल्पा पुगेका जनप्रतिनिधि अहिले यार्सागुम्बाको सिजन शुरु भएपछि जेठ महीनादेखि पाटनमै रहेका पाइएका […]

भोलि असार १५, दही च्यूरा खाएर र धान रापेर मनाइँदैछ

काठमाडौं- मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ […]

५२ वटा चिया उद्योग बन्द

इलाम- स्थानीय तहले निर्धारण गरेको चियाको मापदण्डअनुसार आफूहरूले किसानले उत्पादन गरेको चिया किन्दा घाटा हुने भन्दै यहाँस्थित सूर्योदय नगरपालिकाका चिया उद्योगीले उद्योग नै बन्द गरेका छन् । नगरपालिकाको मापदण्डअनुसार आफूहरूले चिया किनेमा चियामा करोडांै घाटा हुने भन्दै ‘सूर्योदय टी प्रोर्डक्सन’मा आवद्ध ५२ चिया उद्योग बन्द भएका हुन् । नगरपालिकाले लागू गरेको कार्यविधिमा किसानको चियाको ४० […]

विद्युत् महसुल नबुझाउनेको मालपोतमा जग्गा रोक्का

हेटौँडा-लामो समयदेखि विद्युत् महसुल बक्यौता राखेको र कालोसूचीमा परेको एक उद्योगले आफ्नो जग्गा मालपोत कार्यलयमा रोक्का भएपछि रु २२ लाख ७५ हजार जरिवानासहित विद्युत् महसुल तिरेको विद्युत् वितरण केन्द्र हेटौँडाले जनाएको छ । विगत १० वर्षदेखि महसुल नतिर्ने मकवानपुर क्रसर उद्योगको भीमफेदी–१ मा पर्ने जग्गा मालपोत कार्यालयमा रोक्का गरी सूचना जारी भएपछि सम्बन्धित उद्योगले बक्यौता […]

‘जि–२०’ को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

ओसाका- बीस वटा औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरे । सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुगेको बताइएको थियो । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक […]

मेलम्ची खानेपानी आयोजनाबाट रकम लिनुपर्ने भएमा तीन दिनभित्र रकम दाबी गर्न सरकारको आग्रह

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन […]

भारतको धौलीगङ्गा बाँध खोलियो, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिक सतर्क रहन आग्रह

बैतडी— भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध गए रातिदेखि खोलिएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार गए राति १२ बजेदेखि बाँध खोलिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले आग्रह गरेका […]

भारतबाट तरकारी आउन छोडेपछि मूल्य छोइनसक्नु

डोटी– केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरूमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरूमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताए […]