सडक स्तरोन्नती थालियो

म्याग्दी– सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नती गर्ने काम थालिएको छ ।ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्न वडा र नगरपालिका कार्यालयले स्तरोन्नतीको काम शुरु गरेका हुन् । चालु आवमा रु ४३ लाखको लागतमा सातवटा सडकको स्तरोन्नती शुरु गरेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए। सडक […]

माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

चौतारा– माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य शुरु भएको छ । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुन निर्माण कार्य सुरु गरीएको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनो सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । […]

बाख्रा पालन गरेर मनग्य आम्दानी गर्ने सोँचमा हुनुहुन्छ भने यो सामाग्री तपाईँको लागि अत्यन्तै उपयोगी हुनसक्छ

कस्तो बाख्रा छान्ने? बाउ र माउको घर ठेगाना पत्ता लागेको; पाठा-पाठी किन्दा बोका र माउको जात खुलेको पाठापाठी ल्याउनु पर्छ । कम्तिमा ६ पुस्ता सम्म हाडनाता नपरेको, उस्तै-उस्तै हावापानीमा हुर्केको (पानी नलाग्ने ठाँउको हुनुपर्ने), धेरै उत्पादन दिने जातको (ठाँउ अनुसार फरक फरक हुन्छ), सके सम्म धेरै दुध आउने माउ बाट जन्मेको सकेसम्म जुम्ल्याह जन्माउने माउबाट […]

‘अस्पतालदेखि अस्पतालसम्म’ साझाको अपाङ्गतामैत्री बस

सञ्चिता घिमिरे, ललितपुर– लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूति गृह, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म आपाङ्मैत्री बस गुड्ने भएको छ । उक्त होचो बसमा अपाङ्गता भएका व्यक्तिलाई चढ्न र ओर्लन अरुको सहयोगको आवश्यकता पर्ने छैन भने साना बालबालिका, गर्भवती महिला वा अशक्त र ज्येष्ठ नागरिकलाई पनि आवत जावत गर्न हैरान हुने छैन […]

योजना आयोगका उपाध्यक्ष वाग्लेद्वारा राजीनामा

काठमाडौं (पास)– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट आज राजीनामा गर्ने घोषणा गरेका छन् । आफ्नो छमहिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले पत्रकारमाझ भने, ‘प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु । नयाँ सरकार गठन […]

२५ रुपैयाँमा ६० मिनेट अनलिमिटेड फोन, एसएमएस र डाटा चलाउन पाइने

काठमाडौं (पास)– फागुन ७ गते मनाइने प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्न सक्ने छन् । जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरे पछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन […]

अब जनावरका अंग चोरी गर्नेलाई पनि कारबाही

सञ्चिता घिमिरे, ललितपुर– जनावरको डिएनए परीक्षण शुरु भएसँगै गैरकानूनी रुपमा जनावरका विभिन्न भागको अंग चोरी र बिक्री गर्नेलाई कारवाही हुन थालेको छ । राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले आर्थिक वर्षको शुरुसँगै जनावरको डिएन परीक्षण शुरु गरेपछि अदालतलाई समेत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्न सहज भएको हो । जनावरको डिएनए परीक्षणले सही अनुसन्धान हुने हुँदा न्याय प्रणालीलाई सहज […]

डिभी चिठ्ठा बन्द गर्ने अमेरिकी विधेयक संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

काठमाडौं (पास)– डिभी चिठ्ठा लगायतका विषय समेटिएका चार वटा विधेयक अमेरिकी संसदबाट अस्वीकृत भएपछि नेपालीलाई राहात मिलेको छ । यो असफलताले नेपालीहरूलार्इ सवैभन्दा ठूलो राहत दिएको छ । डीभी परेर अमेरिका पुग्ने बिदेशीमध्ये नेपाली पहिलोस्थानमा रहँदै आएका छन । नेपालीहरूले हरेक बर्ष झन्डै चार हजारका दरले डीभी चिठ्ठा पाउँदै आएका छन् । अमेरिकाको माथिल्लो सदनले […]

सिँचाइ योजना पाँच वर्षमै बेकामे भएपछि २३ लाख स्वाहा

जाजरकोट (रासस)– २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । जिल्लाको नलगाड नगरपालिका–८, हल्चौरमा रहेको सिँचाइ योजना ५ वर्ष पनि नटिकेको हो । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा वढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउने भनी सिँचाइ योजना निर्माण गरिएको थियो । ५ वर्ष नबित्दै हल्चौरका […]

नेपालीले आफ्नै साथीको हत्या गरेपछि २२ बर्ष जेल सजाय

काठमाडौं (पास)– मलेसियामा एक नेपालीले आफ्नै सहकर्मी साथीको हत्या अभियोगमा २२ बर्ष जेल सजायको फैसला भएको छ । मलेसियाको उच्च अदालतले बुधबार उक्त नेपालीलाई अर्का एक नेपालीको हत्यामा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो । सजाय सुनाइएका १९ बर्षिय सुजन श्रेष्ठले ३० बर्षीय होमबहादुर मगरको होष्टलमा हत्या गरेको अदालतले ठहर गरेको छ । दुई […]