शिक्षक हत्या आरोपमा ओखलढुंगाबाट एक युवती पक्राउ

ओखलढुंगा । प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । प्रहरी नायब उपरीक्षक शुकदेव खनालका अनुसार धमलामाथि विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोप छ । सप्तरीको विष्णुपुर गाउँपालिका(५ घर […]

सन्दीप लामिछानेविरुद्ध इन्टरपोल नोटिस जारी

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी हुने इन्टरपोलका एक […]

खानेपानीको पाइप चोरेको आरोपमा वडा सदस्य पक्राउ

कास्की । कास्कीमा पाइप चोरेको आरोपमा प्रहरीले मादी गाउँपालिका-१ का वडा सदस्य ३४ वर्षीय खरजंग गुरुङसहित चार जनालाई पक्राउ गरेको छ । थाक खानेपानी आयोजनाको पाइप चोरी गरेको आरोपमा उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले असोज ५ गते मध्यराति पक्राउ गरेको हो। कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले चोरी गरिएको पाइपको मूल्य करिब […]

गायिका सुनार मृत्यु प्रकरणबारे अनुसन्धान प्रतिवेदन बुझाइयो

काठमाडौं । काठमाडौंको नेपालटारमा मृत फेला परेकी लोक गायिका दिलमाया सुनार मृत्यु प्रकरणको अनुसन्धान प्रहरीले पुरा गरेको छ । अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवदेन बुझाइएको हो । असार ११ मा बिहान उनि आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् । घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर थियो […]

न्यायाधीशलाई २ करोड घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेलविरुद्ध सार्वजनिक सूचना

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेल विरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र स्पष्टीकरण दिन भनेको हो […]

जबर्जस्ती करणीको आरोपित पल शाह पक्राउ

काठमाडौं । अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् […]

बलात्कारको आरोपि नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरे

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो […]

छ वर्षीया बालिकालाई करणी गर्ने युवालाई जन्मकैद

रसुवा । नुवाकोटको किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको हो । २०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको […]

हत्या गरेर भागेकालाई १७ वर्षपछि साउदीबाट नेपाल ल्याइयो

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरेर स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएको हो । साउदीमा पक्राउ परेका मगरलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा बुधबार नेपाल ल्याइएको हो । प्रतिवादी मगरले […]

१६ महिने बालकको घाँटी रेटेर हत्या

स्याङ्जा । जिल्लाको वालिङ्ग नगरपालिकामा १६ महिने बालकको घाँटी रेटेर हत्या भएको छ । वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । घाँटी रेटिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पुर्‍याइएकोमा स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । मृतकको दिदी ५ […]