कोरोना कहर : अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौँ– कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन […]

काँकडभिट्टास्थित राजश्व तथा भन्सार गस्ती गुल्मका सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण

झापा– पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको हो । सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा […]

यूरोपमा कोरोना महामारी बढेकोमा डब्लुएचओद्वारा चिन्ता व्यक्त

कोपेनहेगन– युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अबलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ । गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको […]

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

मिसगाभ, इजरायल– इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पहाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण […]

मास्क नलगाउनेलाई अब १०० जरिवाना गरिने

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा […]

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या एक करोड ५३ लाख नाघ्यो

जेनेभा– विश्वमा बिहीबारसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ३० हजार ३६९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार ३५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ […]

भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

नयाँदिल्ली– भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको अधिकारीले जनाएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण एकैदिनमा एक हजार १२९ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको […]

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या १ करोड ५० लाख नाघ्यो, ६ लाख १९ हजार ६१४ बढीको मृत्यु

जेनेभा– विश्वमा बुधबारसम्म एक करोड ५० लाख ९९ हजार ८२४ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख १९ हजार ६१४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म ९१ लाख १६ हजार ६५५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ […]

आज थप १०० जनामा कोभिड–१९ सङ्क्रमण, चिनियाँसहित दुई जना मृत्यु

काठमाडौँ– देशभरमा आज थप १०० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितका सङ्ख्या पाँच हजार ३७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका २८ वटा प्रयोगशालामा तीन हजार हजार ७७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना […]

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने […]