स्वास्थ्यमा सुधार, प्रधानमन्त्री ओेलीको आत्मविश्वास उच्च

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ । “प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ”, उहाँका निजी चिकित्सक डा दिव्यासिंह शाहले भन्नुभयो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० […]

प्रधानमन्त्रीका ओलीले चिकित्सक दिए हैरानी !

काठमाडौं । जस्तोसुकै कठिन परिस्थितिमा पनि धैर्य देखाउने र हाँसो ठट्टा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको मौलिक शैली अस्पतालको सघन उपचार कक्षमा पनि कायमै देखेर चिकित्सकहरु हैरान भएका छन् । सामान्य मान्छे पनि एपेन्डिसाइटिसको शल्यक्रियापछि मिर्गौलाको डाइलासिस गरिरहेका र जटिल रोगहरुको सामना गरिरहेका प्रधानमन्त्री ओली भोलिपल्ट बिहानै उठेर हिँड्न खोजेपछि चिकित्सक पनि चकित परे । […]

शुभेच्छुकलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले भने– मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अस्पताल भर्ना भएको तेस्रो दिन थप सुधार देखिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटर ह्याण्डलमार्फत आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको बताएका छन् । उनले स्वास्थ्यस्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यावादसमेत दिएका छन् । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आईसीयूमा उपचाररत् प्रधानमन्त्री ओलीले पत्नी […]

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ । ‘त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । गएराति पेट दुखेपछि प्रधानमनत्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । चिकित्सकहरुको परीक्षणपछि प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस भएको भन्दै शल्यक्रिया गर्नुपर्ने बताएका […]

विद्यार्थीले हस्ताक्षर गर्न मानेनन्, प्रजिअ भन्छन्ः छानविन समिति विद्यार्थीकै हितमा हुन्छ

वीरगञ्ज । आन्दोलनरत नेशनल मेडिकल कलेजका १८औं व्याचका विद्यार्थी, प्रशासन र कलेज व्यवस्थापन पक्षबीच शनिबार पहिलोपटक त्रिपक्षीय वार्ता भयो । विद्यार्थीलाई कुटपिट गर्नेहरुलाई गिरफ्तारी गर्ने कि छानविन समिति बनाउने भन्ने विषयमा कुरा नमिल्दा वार्ता निश्कर्षविहीन बन्यो । वार्तामा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र आन्दोलनरत विद्यार्थीका अगुवाहरु […]

अनशनरत डा केसीलाई लिन सेनाको हेलिकप्टर डडेल्धुरा पुग्यो

काठमाडौं । कात्तिक १८ गतेदखि डडेल्धुरमा अनशनरत डा गोविन्द कोसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले आइतबार नै विज्ञप्ति गारी गरेर केसीलाई सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेको थियो। डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सोमबार नेपाली सेनाको हेलिकप्टर उनलाई लिन डडेल्धुरा […]

दिल्लीको धुलोले नेपालको तराई प्रदूषित

दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो । नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा […]

प्रधानमन्त्रीको तेस्रो पटक पनि डायलाइसिस गरिदै

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ । ग्राण्डी अस्पतालमा विहीवार विहान ११ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको अस्पताल श्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीको पुनः भोलि तेस्रोपटक डायलाइसिस गर्ने तयारी गरिएकाले उनी केही दिन अस्पतालमै रहेन श्रोतको भनाइ छ । चिकित्सकहरुका अनुसार हप्तामा तीनपटक डायलाइसीस गर्न मिल्छ । हिजो धापासीस्थित ग्राण्डी अस्पताल […]

देशभरीका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या तोकियो

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ । चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७ लागि मेडिकल कलेजहरूका लागि नयाँ सिट निर्धारण गरेको हो । काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट […]

न एम्बुलेन्स : न एक्सरे

जाजरकोट । जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । तर चिकित्सक र कर्मचारीको […]