मलेसियामा संसद् विघटन, ६० दिनभित्र निर्वाचन गरिने

क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरिएको छ । घोषणा गरेअनुसार आगामी ६० दिनभित्र निर्वाचन हुनेछ । प्रधानमन्त्री याकोबले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति […]

युक्रेनका चार वटा क्षेत्र आफ्नो मुलुकमा गाभिएको रुसको घोषणा

एजेन्सी । रुसले युक्रेनका चार वटा क्षेत्रलाई औपचारिक रुपमा गाभेको छ । मस्कोको रेड स्क्वायरमा आयोजित समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्क रुसमा गाभिएको घोषणा गरेका छन् । यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरू र रुसी अधिकारीहरूबीच सम्झौतामा हस्ताक्षर भएको थियो । चार दिन अघि रुसले ती […]

काबुलमा आत्मघाती आक्रमण, १९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जना मानिसको मृत्यु भएको छ । दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् । हजारा […]

युक्रेनका ४ क्षेत्र रुसले औपचारिक रुपमा आज गाभ्दै

काठमाडौं । रुसले युक्रेनका ४ वटा क्षेत्रलाई आज (शुक्रबार) औपचारिक रुपमा गाभ्ने भएको छ । मस्कोको रेड स्क्वायरमा आयोजित भब्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वीयुक्रेनका दोनेत्स्क, लुहान्स्क, दक्षिण युक्रेनका जापोरिजिया र खर्सोनलाई रुसमा गाभेको औपचारिक घोषणा गर्ने भएका हुन् । त्यसअघि क्रेमलिनको सेन्ट जर्ज हलमा रुसमा गाभिने क्षेत्रका पृथकतावादी नेताहरु र रुसी अधिकारीहरुबीच सम्झौतमा […]

बुर्किना फासोमा आतंकवादी हमलामा, ११ सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक बुर्किना फासोमा भएको आतंकवादी हमलामा ११ सैनिकको मृत्यु भएको छ । घटनामा ५० जना सर्वसाधारण सम्पर्कबिहीन भएका छन् । बुर्किना फासोको जिबो सहरतर्फ जाँदै गरेको एक समूहलाई साहेल क्षेत्रको साउम प्रान्तमा आतंकबादी समूहले आक्रमण गर्दा ११ सैनिकको मृत्यु भएको हो । बुर्किना फासोमा सन् २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ […]

जापानका पूर्वप्रधानमन्त्री आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी । गत जुलाईमा निधन भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । राजधानी टोकियोमा भएको अन्तेष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । गत जुलाईमा निधन भएका आवेको तीन महिनापछी अन्तेष्टि गरिएको हो । जापानमा सामान्यतया राजपरिवारका सदस्यको निधन हुँदा मात्रै राजकीय अन्त्येष्टिको व्यवस्था हुने गरेकोमा लोकप्रिय नेताका रुपमा परिचित […]

अमेरिकी उच्च अधिकारी भोलि नेपाल आउँदै

काठमाडौँ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो भोलि नेपाल भ्रमणमा आउने भएकी छन् । ट्रुडो विश्वव्यापी सार्वजनिक मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री हुन् । अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारी ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ । […]

फिलिपिन्समा समुद्री आँधीका कारण ४ जना उद्धारकर्मीको मृत्यु, ५ ह

काठमाडौं । फिलिपिन्समा नोरु समुद्री आँधी प्रभावितहरुको उद्धारका क्रममा ४ जना उद्धारकर्ताको मृत्यु भएको छ । २ सय ४० किलोमिटर प्रतिघण्टाको गतिमा आईरहेको आँधीले लुजोन क्षेत्रलाई अस्तब्यस्त बनाएको छ । बुलाकान प्रान्तको सानमिगल जिल्लामा ५ जना उद्धारकर्मी वेपत्ता भएको र ४ जनाको शव भेटिएको जनाइएको छ । राजधानी मनिलामा पनि आँधीले ब्यापक क्षति पुर्याएको छ […]

रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु

मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ । पीडितहरूको विषयमा हाल विस्तृत विवरण भने प्राप्त नभएको पनि मन्त्रालयले थप जानकारी दिएको छ । गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ […]

दोनेत्स्कमा भएका शृंखलाबद्ध हमलामा १२ जनाको मृत्यु

पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरुको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन । दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका […]