बिदामा बसेका नेपाली कामदार साउदी फर्कन पाउने

दोहा । साउदी अरबबाट विभिन्न समयमा बिदामा नेपाल फर्किएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् । साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार भिसाको म्याद भएका नेपालीलगायत अन्य आप्रवासी कामदारहरुले पनि तोकिएका मापदण्ड पूरा गरेर साउदी फर्किन […]

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबार (असोज २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर […]

भारतमा २४ घण्टामा ९७ हजार ८९४ संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ८९४ संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । पाँच दिन अगाडि ९७ हजार ५७० संक्रमित भेटिएका थिए । त्यसलाई पनि उछिन्दै पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ […]

कतारको दोहाबाट आज १३८ नेपाली फर्किए

काठमाडौं । कतारको दोहाबाट भएको ४०औं उडानबाट आज १३८ नेपाली स्वदेश फर्कएका छन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको एन ए २३९२ नम्बरको उडानबाट ७ महिलासहित १३८ नेपाली बिहीबार स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले राजदूतावासमा नेपाल फर्कने फाराम भरेर तथा विभिन्‍न […]

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख ३१ हजार

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख ३१ हजार ३२१ संक्रमतिको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९४ लाख ४४ हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ४ […]

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५० लाख २० हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तथ्यांक अनुसार ८२ हजार ६६ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार २९० कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख […]

विश्वभर २४ घण्टामा कोरोनाले ४ हजार ५२० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण विश्वमा ४ हजार ५२० जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ४ हजार २४५ को मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३१ हजार ३२१ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ करोड […]

गलत गतिविधि रोक्‍न भारतलाई चीनको आग्रह

एजेन्सी । चीनले भारतसँग तत्काल आफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भारतसँग तत्काल अफ्ना गलत गतिविधि सुधार्न र छिटोभन्दा छिटो चिनियाँ सेनासँग निहुँ नखोज्न आग्रह गरेको हुन् । उनले हालै दुई देशबीच वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा भएको संघर्षका लागि भारत जिम्मेवार […]

एकैदिन विश्वमा २ लाख ३३ हजार कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण हालसम्म ९ लाख २६ हजार ५४४ संक्रमितको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ ।

विश्व कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ९१ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ९१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार १४ संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार ५४४ को मृत्यु […]