भुटान निर्वाचनः प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो

थिम्पु, भुटान (रासस/एएनआई)– भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) […]

कतारले पनि विद्युतीय गाडी उत्पादन गर्ने

दोहा (सिन्ह्वा)– कतारले आउदो सन् २०२३ मा पहिलो पटक विद्युतीय सवारी साधन उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । कतारी विद्युतीय सवारी साधन उत्पादन गर्न नौ अर्ब अमेरिकी डलरको लगानीमा गाडी कारखाना स्थापना गर्ने कतारको योजना छ । यस्तो प्रकारको उत्पादन तथा कारखाना स्थापना गर्ने कार्य मध्यपूर्वमै पहिलो र नौलो हुने कतारी पत्रिका “कतार ट्रिवुन”ले […]

घनघोर बर्षापछि दिल्ली डुबान

नयाँदिल्ली, भारत– भारतको राजधानीमा परेको घनघोर बर्षाका कारण यहाँका केही भागमा डुवान हुँदा दिल्लीको यातायातलगायतका दैनिक जनजीवन कष्टकर बनेको छ । दिल्ली र वरपरका क्षेत्रमा विगत केही दिनदेखि व्यापक वर्षा भएको र यसका कारण राजधानी र वरपरका केही वस्तीहरूसमेत डुवानमा परेका छन् । डुवानले खास गरी यातायात सेवालाई प्रभावित तुल्याएको छ । डुवानपछि नगरका अधिकारीले […]

नोवेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको निधन

काठमाडौं– संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको शनिबार ८० वर्षको उमेरमा निधन भएको छ । अन्नान केही समयदेखि सामान्य बिराम थिए । सामान्य बिरामकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ । अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो […]

कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी अब सम्झनामा सीमित

काठमाडौँ– प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा भए । भारतमा सबभन्दा लामो समयसम्म सांसद बनेका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बनेका थिए । गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको […]

जापानमा कामदार अभाव भएको घोषणा

टोकियो (रासस/सिन्ह्वा)– जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ । जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको […]

रोहिंग्या शरणर्थीको समस्या झन जटिल बन्दै

याङ्गोन (रासस/एएफपी)– म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको सामाधानका लागि नियुक्त भएका एकजना अन्तर्राष्ट्रिय परामर्श समूहका एक जनाले राजीनामा दिएपछि यहाँको रोहिंग्या समस्या समाधानमा थप जटिलता उत्पन्न भएको छ । थाइल्याण्डका एकजना पूर्वसांसद तथा म्यानमारका लागि पूर्वथाई राजदूत कोबसाक चुटिकुलले सो परामर्श समितिको सचिवबाट राजीनामा दिएका हुन् । राखिन राज्यमा जारी रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि परेको […]

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु, पाँच बेपत्ता

वासिङ्टन (रासस/एएफपी)– अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हँुदा त्यसमा सवार पर्यटकमध्य कम्तीमा ११ जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटक जल सयर गरिरहेका […]

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

वासिङ्टन– अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् । बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन् । प्रविधि भने दुवैले भिन्ना भिन्नै […]

पाकिस्तानको एउटै घटनामा १०५ को मृत्यु, १५० घाइते

इस्लामावाद (रासस/सिन्ह्वा)– पाकिस्तानमा आसन्न निर्वाचनको प्रचारप्रसारका लागि गरिएको कार्यक्रममा भएको बम आक्रमणमा परी कम्तीमा १०५ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा शुक्रबार भएको यस घटनामा परी अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका छन् । मृत्यु हुनेमा एक स्थानीय नेतासमेत रहेका बताइएको छ । घटनामा मृत्यु भएका र घाइते भएकाको […]