भारतीय पत्रकारले लन्डनमा होटलको काँटाचम्चा चोरेपछि…

नयाँदिल्ली– भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीसँग लन्डन गएका भारतीय पत्रकारहरुले होटलको काँटा–चम्चा चोर्दै गर्दा रंगेहात समातिएका छन् । केही पत्रकारलाई पनि साथमा लगेकी मुख्यमन्त्री ममतालाई लन्डनमा विशेष रात्रिभोजका लागि एक होटलमा बोलाइएको थियो । रात्रिभोजमा उच्च पदस्थ कर्मचारी, उद्योगपतिहरु र भारत तथा बेलायतका केही प्रख्यात हस्तीसमेत थिए । रात्रिभोजका दृष्य उच्चस्तरका सिसिटिभी क्यामेराले […]

अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

काबुल (रासस/सिन्ह्वा)– अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ द रिपोर्टस् राइट्स’ ले शुक्रबार सो विषयमा जानकारी दिएका छन् । गत वर्ष अर्थात् सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ । […]

यौनदाशीलाई राष्ट्रपति मुनको आमन्त्रण

सोल– दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गरेका छन् । जापानी सेनाले यौनदाशीका रुपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न उनले उनीहरुलाई यो आमन्त्रण गरेको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारमा जनाइएको छ । उनीहरुको समस्या समाधान गर्ने विषयमा सन् […]

अमेरिकालाई चाहेको बेला आफूले ध्वस्त पार्न सक्छु : नेता किम जङ

न्यूयोर्क, संयुक्त राज्य अमेरिका (रासस/एएन्आइ)– उत्तर कोरियाली नेता किम जोङ अनले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै आणविक हतियारको साँचो सधैँ आफ्नो टेबलमा हुने र चाहेको बेला आफूले खरानी बनाइदिन सक्ने बताएका छन् । नयाँ बर्षको सन्दर्भमा राष्ट्रवासीका नाममा दिएको सम्बोधनको अमेरिकी समाचार संस्था सिएनएनद्वारा गरेकोे अनुवादमा उद्धृत गरिएकोे छ, “अमेरिकाको सम्पूर्ण मुख्यस्थानहरू उत्तर कोरियाको आणविक […]

नयाँ दिल्लीमा हुस्सुको कारण हवाई र रेलसेवा अवरुद्ध

नयाँदिल्ली– नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । गत हप्तादेखि नै नयाँ दिल्लीमा हुस्सु लागेको थियो […]

विवादित भइकन पनि किन मनाइन्छ इस्वी सम्वत ?

काठमाडौं– ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को शुरुवात भएको हो । सन्मा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवत्सम्बन्धी अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्त बताउँछन् । ‘इस्वी सन्मा चान्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा […]

चीनमा अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजार अवैध वेभसाइट बन्द

बेईजिङ– चीनले अवैधानिकरुपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरिदिएको जनाइएको छ । चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका हुन् । यो अवधिमा अरु दुई हजार २०० वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए । इन्टरनेट सेवाको आचार […]

लास भेगासको गोली काण्डमा २६ जना मारिए

साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका– अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि आइतबार पुनः त्यस्तै अर्काे नरसंहार दोहोरिएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्काे हत्याकाण्ड भएको बताइएको छ । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको सबैभन्दा दर्दनाक […]

साउदी अरेबियाका राजकुमार र मन्त्रीहरु भ्रष्टाचार आरोपमा पक्राउ

रियाद– साउदी अरेबियाका ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र अरु पनि दर्जनौं पूर्व मन्त्री तथा प्रभावशाली व्यक्तित्वहरुलाई पक्राउ गरिएको समाचार छ । उनीहरुलाई किन नियन्त्रणमा लिइएको हो भन्ने कुरा अहिले नै प्रष्ट नभएको भए पनि साउदी अरेबियाको सरकारले शनिबारमात्र गठन गरेको भ्रष्टाचार हेर्ने निकायले उनीहरुलाई नियन्त्रणमा लिएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यसैले भ्रष्टाचारमा […]

विश्वभर पाँच करोड बीस लाख बालबालिका हेपाटाइटिस प्रभावित

लस एन्जेल्स– सेन्ट्रल अफ डिजिज अनलाइसिस फाउण्डेसन–कोलोराडो र इजिप्टको ऐन साम्स यूनिभर्सिटीले संयुक्त रूपमा विश्व हेपाटाइसिस सम्मेलनमा यही नोभेम्बर १ मा पेश गरिएको तथ्याङ्क अनुसार सन् २०१६ मा विश्वभर करिब पाँच करोड २० लाख बालबालिका हेपाटाइटिसका विभिन्न समस्याबाट प्रभावित रहेका पाइएको जनाइएको छ । ब्राजिलको साओ पाओलोमा हालै भएको सम्मेलनमा विश्वभर दुई करोड १० लाख […]