नेपाल म्युजिक अवार्ड बैशाख १५ मा

काठमाडौं– १५ बैशाखमा ‘नेपाल म्यूजिक अवार्ड २०७५’ राजधानीको होटल अन्नपूर्णमा आयोजना हुने भएको छ ।चाहाना मिडियाको आयोजनामा हुन गईरहेको अवार्डको नोमिनेशन १५ फागुनमा सार्वजनिक हुँदैछ ।सन् २०१७ भित्र उत्पादन भएका विभिन्न नेपाली गीत संगीतले अवार्डमा आवेदन फारम भरेका छन् । आयोजकले अनलाईन प्रणाली मार्फत फारम भर्ने व्यवस्था मिलाएको थियो । अहिले आवेदन फारम भर्ने काम […]

बंगलादेशी गीतमा जम्दै मोडल नारायण ढकाल

काठमाडौं (पास)– बंगलादेशी गायिका सुस्मिता अनिशको स्वरमा रहेको गीतमा मोडलिङ गरेका नारायण ढकालले यतिबेला अन्तर्राष्ट्रिय बजारमा चर्चा बटुल्न थालेका छन् । ‘म्यालेन्टाईन डे’को अवसरमा सार्वजनिक गरिएको उक्त बंगलादेशी गीत यतिबेला बंगलादेश, भारतलगायतका देसहरुमा चर्चित बनेपछि ढकालको चर्चा पनि गीतसँगै अन्तर्राष्ट्रिय बजारमा हुन थालेको हो । नेपाली गीतसंगीत मार्फत परिचित बनेका मोडल तथा भिडियो निर्देशक नारायण […]

छायाँछविको फागुन संस्करण सम्पन्न

काठमाडौं (पास)– विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दिवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल एवं रञ्जना निरौलाका आकर्षक कविता वाचन गरिएका थिए । कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको […]

म्याग्दी, पर्वत र बागलुङबाटै हराउन थाल्यो यानीमाया…

सन्तोष गौतम, बाबियाचौर– केटाः ‘हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल…’ केटीः ‘वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल…’ कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । यानीमाया […]

दोलखाको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी बन्ने पक्का

पूर्णप्रसाद मिश्र, खरिढुंगा, दोलखा– समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी क्षेत्रफलमा अतिथिगृह र छायाङ्कनस्थल लगायत संरचनाको निर्माण गर्न लागेको हो । […]

राष्ट्रकवि घिमिरेलाई मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान

काठमाडौं (पास)– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय […]

हास्यकलाकार ‘तक्मे बुढा’ सवार गाडी दुर्घटनामा

काठमाडौं (पास)– हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) सवार गाडी दुर्घटनामा परेको छ । सोमवार मोरङको ‘मधुमल्ला महोत्सव’ सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती १२ बजे ‘आई १०’ कार दुर्घटनामा परेको हो । निर्माता तथा कलाकार राजेश घतानीका अनुसार, कुकुरलाई बचाउन खोज्दा गाडी दुर्घटना भएको हो । बा १७ च ९१०२ नम्बरको गाडीमा विल्सनसहित फिल्म ‘फुर्के […]

हर्क खडायतको अध्यक्षतामा सुदूर साहित्य प्रतिष्ठान गठन

बाजुरा (पास)– बाजुरामा पहिलो पटक सुदूर साहित्य प्रतिष्ठान गठन गरिएको छ । जिल्लाको साहित्य र संस्कृतिलाई उजागर गर्नका लागि प्रतिष्ठान गठन गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संस्कृतिको जगेर्ना र लोप हुँदै गएका देउडा, चैतलोलगायतका संस्कृतिको जगेर्ना गर्नका लागि सुदूर साहित्य मञ्च गठन गरिएको हो । प्रतिष्ठान जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । […]

तामाङ चलचित्र ‘घ्रान’ निर्माण हुँदै

काठमाडौं (पास)– तामाङ जातिको संस्कृति तथा भाषा संरक्षण गर्ने उद्देश्यले तामाङ भाषामा चलचित्र घ्रान ‘कसम’ निर्माण गरिने भएको छ । मोक्तान फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण गरिने चलचित्रले समाजमा प्रजातान्त्रिक प्रणाली विकास गर्ने क्रममा सामन्ति वर्गसँगको संघर्ष, वर्ग संघर्षका क्रममा एउटा परिवारको अभिभावकले ज्यान गुमाउन परेको, त्यसपछि उनका सन्ततिले समाजमा समानता, सामाजिक न्याय र प्रजातन्त्रको स्थापनाका […]

फणिन्द्रले ल्याए तिरिमिरी…

काठमाडौं (पास)– गायक फणिन्द्र ठकुरीले नेपाली मौलिकता बोकेको पञ्चेबाजा पा¥यो तिरिमिरी लिएर आएका हुन् । कुनै बेला चर्चाको शिखरमा रहेका गायक ठकुरी पछिल्लो समय भने दोहोरी गायनमा मात्र सीमित रहेर बसेका थिए । यतिबेला उनको नयाँ गीत बजारमा आएपछि पुनः उनको चर्चा बढेको छ । हमाल म्यूजिकबाट बजारमा आएको उनको पा¥यो तिरिमिरी लाई चर्चित गायक […]