फिफा वरियतामा नेपाल एक स्थान झर्यो

काठमाडौं– विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नया“ वरियतामा नेपाल एक स्थान तल झरेको हो । फिफाको नयाँ वरियतामा नेपाल १७१ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १७२ औं स्थानमा रहेको थियो । नयाँ वरियतामा नेपाल दक्षिण एसियाको तेस्रो स्थानमा छन् । […]

पोखरामा भलिबल ट्रेनिङ र मिडिया सेन्टर खुल्यो

पाथिभरा संवाददाता पोखरा– पोखरा रंगशालाको हातामा नव निर्मित भलिबल ट्रेनिङ सेन्टर र मिडिया सेन्टर सोमबारबाट खुल्ला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ९५ लाख र पोखरा–लेखनाथ महानगरपालिकाको दुई लाख समेत ९७ लाखको लागतमा निर्माण गरिएको सो सेन्टरको शुभारम्भ सोमबार यहाँ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले गरे । परिषद्को १८ लाख ९० हजारको लागतमा निर्माण […]

अन्तर्राष्ट्रिय याक अट्याक साइकल दौड शुरु

पाथिभरा संवाददाता लमजुङ– विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकल दौड प्रतियोगिताको ११औँ संस्करण आइतबारदेखि शुरु भएको छ । उच्च हिमाली क्षेत्रअन्तर्गत अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१७’ साइकल दौड प्रतियोगिता बँेसीशहरबाट शुरु भएको हो । अघिल्लो वर्ष काठमाडाँैबाट शुरु भएको प्रतियोगिताको दशौँ र ११ औँ संस्करण ब“ेसीशहरबाट शुरु भएको हो । समुद्री सतहदेखि […]

रफायल नदाललाई घुँडामा चोट, पेरिस मास्टर्स कपमा नखेल्ने

काठमाडौं– विश्व नम्बर एक रफायल नादालले पेरिस मास्टर्स कप टेनिस प्रतियोगिता त्याग गरेका छन् ।  क्वाटरफाइनलमा स्थान बनाएका स्पेनिस नदालले घुँडाको चोटका कारण प्रतियोगिता छोड्नुपरेको हो । नदालले शुक्रबार क्वाटरफाइनलमा सर्बियाका फिलिप क्राजिनाविकसँग खेल्नु पर्ने थियो तर चोटका कारण उनले खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको बताए । तेस्रो चरणअन्तर्गत पाब्लो कुइवाससँगको खेलमा नाडालको घुँडामा चोट लागेको […]

उदयपुरमा छैटौँ नारदमुनि गोल्डकप खेल शुरु

उदयपुर(पास)– उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ बसाहामा शुक्रबारदेखि औपचारिक रुपमा छैटौँ नारदमुनि स्मृति गोल्डक फुटबल खेल शुरु भएको छ । चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले उद्घाटन गर्नुभएको सो गोल्डकप खेलमा राष्ट्रिय र क्षेत्रीय टिमसहित गरेर आठ टिमले सहभागिता जनाएको कुरा नारदमुनि स्मृति गोल्डकप आयोजकका प्रवक्ता शेखर राईले बताए । शुक्रबार उद्घाटन हुँदै पहिलो दिनको खेलमा मोरङको […]