बम बनाउँदा बनाउँदै कोठामै विस्फोट भएपछि विप्लवका दुई कार्यकर्ता घाइते

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विष्फोट भएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको कोठामा बम बनाउने क्रममा विष्फोट भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो […]

मौन अवधिमा कुनै पनि गतिविधि गर्न मिल्दैन : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले मंसिर १ गते राती १२ बजेबाट आचारसंहिताले निषेध गरेका कुनै पनि गतिविधि नगर्न, नगराउन राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई सचेत गराएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि मंसीर १ गते राति १२ बजेबाट सुरु हुने र ४८ घण्टा अघिबाट निर्वाचन प्रचार प्रसार लगायत गतिविधि […]

देश विकास गर्ने पालो युवापुस्ताको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्ने बागडोर अब युवापुस्ताको हुनुपर्ने बताएका छन् । एउटै व्यक्तिले पटकपटक अवसर पाउँदा धेरै क्षेत्रमा प्रभावकारी ढङ्गले विकास हुन नसकेको हुनाले अब युवापुस्तालाई विकास निर्माणमा लगाउन उपयोगी हुने उनले बताए । ललितपुर क्षेत्र नं ३ को घरदैलो कार्यक्रममा आज अध्यक्ष ओलीले ललितपुर क्षेत्रमा अतियोग्य […]

नेपाल–भारत सीमानाका निर्वाचन सुरु हुनु ७२ घण्टा अघिदेखि बन्द गर्ने निर्णय

धनुषा। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ […]

निर्वाचन प्रचारप्रसार अब ५ दिन बाँकी

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस,आमसभा,कोणसभा,बैठक,भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था अन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर […]

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

काठमाडौं । देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ । निर्वाचनको प्रचारप्रसारमा तडकभडक नभएर […]

गोरखा जानुको अर्थ चितवन छोडेको होइनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन आग्रह गरेका छन् । चितवनमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने होइन ।’ विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उनले आफू जहाँ […]

विनोद चौधरीलाई जिताउन असन्तुष्ट, भागबन्डा नमिलेपछि गठबन्धन विवाद

रुपन्देही । पश्चिम नवलपरासीमा सत्ता गठबन्धनमा भएका आन्तरिक विवाद मिलाउन नेपाली काङ्ग्रेसबाट क्षेत्र नं १ का उम्मेदवार बनेका विनोद चौधरी दिनहुँ लागेका छन् । जिल्लामा नेपाली काङ्ग्रेसबाट उनले टिकट पाएपछि काँग्रेसभित्रै असन्तुष्टि चुलिएको थियो भने भागबन्डा नमिलेका कारण नेकपा माओवादी र नेकपा एस तथा लोसपाले पनि अलग अलग क्षेत्रमा उम्मेदवारी दिएका थिए । काँग्रेसका केन्द्रीय […]

सागर ढकाललाई प्रधानमन्त्रीमा प्रस्ताव (विज्ञप्तिसहित)

काठमाडौं । हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ । शनिबार एक विज्ञप्ति जारी गरी हाम्रो नेपाली पार्टीले ४ मंसिरको चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्याउने प्रस्ताव गरेको हो । ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा ई सागर […]

चुनावबाट माधव नेपालको पार्टी समाप्त हुन्छ ओलीको जिकिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् । शनिबार कैलालीमा आयोजित चुनावी सभामा उनले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै माधव नेपालको पार्टी यही चुनावबाट सकिने बताएका हुन् । नेकपा एमालेबाट अलग भएर माधवकुुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । ‘माधव […]