साउदी गएका नेपालीको दर्दनाक कथा– ‘दिनभरी उँट चराउन लगाउँथे साँझ परेपछि साङ्लोले बाँधेर राख्थे’

काठमाडौं– सप्तरी जिल्ला राजविराज डुम्रीका २३ वर्षीय पञ्चदेव शाह २०७३ साउन ३२ गते साउदी गए । लेबरमा श्रम स्वीकृति लिएको केही दिनमा उनी म्यानपावरले पेन्टिङमा काम लगाईदिने आश्वानसन दिएपछि साउदी उडे । उनको समूहमा १२ जना रहेकोमा ११ जनाको अघिल्लै दिन उडान भएको हुँदा दोस्रो दिन उनी एक्लै साउदीको राजधानी रियादस्थित विमानस्थलमा उत्रिए । आफूलाई […]

कम्पनी टुटेर समस्यामा परेकी कार्कीलाई इलाम सेवा समाजद्वारा सहयोग

आदरणीय पाठकबर्ग, उल्लेखित समाचारमा संस्थाकै व्यक्तिहरुबाट संस्थाको विधि विपरीत कार्य हुने गरी सूचना सम्प्रेशण भएकोले आधिकारीक रुपमा संस्थाका केही पदाधिकारीहरुले हटाउन अनुरोध र पत्रचार गरेकाले उक्त सामाग्री हटाइएको जानकारी गराउँछौँ ।

ईपिएस पास भएकाहरुमध्ये १६ सयको ‘कन्ट्रयाक्ट’ आयो

काठमाडौं (पास)– दक्षिण कोरियाले २०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेका करिब १६ सय नेपालीको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको छ । २०१८ को पहिलो चरणका लागि करिब १६ सय जना नेपालीको ‘लेबर कन्ट्रयाक्ट’ पठाएको हो । पहिलो लटमा कोरियाले अझै पाँच÷छ सय जनाको लेबर कन्ट्रयाक्ट पठाउने इपिएस कोरिया शाखका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । हालसम्म […]

नेपालीले आफ्नै साथीको हत्या गरेपछि २२ बर्ष जेल सजाय

काठमाडौं (पास)– मलेसियामा एक नेपालीले आफ्नै सहकर्मी साथीको हत्या अभियोगमा २२ बर्ष जेल सजायको फैसला भएको छ । मलेसियाको उच्च अदालतले बुधबार उक्त नेपालीलाई अर्का एक नेपालीको हत्यामा दोषि ठहर गर्दै सो सजाय सुनाएको हो । सजाय सुनाइएका १९ बर्षिय सुजन श्रेष्ठले ३० बर्षीय होमबहादुर मगरको होष्टलमा हत्या गरेको अदालतले ठहर गरेको छ । दुई […]

दुबई जाने नेपालीलाई आर्थिक भार थपियो

काठमाडौं (पास)– वैदेशिक रोजगारीका लागि दुबई जाने कामदारमाथि थप ४५ सय रुपैयाँ आर्थिक भार थपिएको छ । दुबई सरकारले रोजगारीका लागि आउने विदेशी नागरिकका लागि फेब्रुअरी ४ देखि लागू हुनेगरी ल्याएको नयाँ नियमले आर्थिक भार थपिएको हो । दुबईस्थित नेपाली दूतावासले गत सोमबारदेखि दुबई सरकारको निर्णय भन्दै रोजगारीका लागि आउने कामदारले चालचलन (प्रहरी प्रतिवेदन) प्रमाणपत्र […]

परदेशी आमाको छोरीलाई चिठी

मेरी प्यारी छोरी अनु, प्रदेशी आमाको असिम प्यार तथा आशिर्बाद ! आज तिमी लाई आफन्तको जिम्मा लगाएर तिम्रो आमा प्रदेश लागेको पनि ८ बर्ष पुरा भएछ । हिजो जस्तो लाग्थ्यो एउटा पुरानो झोलामा एक जोडी कपडा र राहादनी बोकेर दैलामा राखिएको फूलसहित पानीले भरिएको गाग्रीमा ५० पैसा खसालेर गहभरी आँशु झार्दै तिम्रो कपाल सुम्सुम्याएर प्रदेशको […]

मोरङ–सुनसरी सेवा समाज कतारको अध्यक्षमा कटुवाल

काठमाडौं (पास)– सन् २००१ मा कतारमा स्थापना भएको मोरङ–सुनसरी सेवा समाज कतारको १३औँ साधारणसभाबाट तेज कटुवाल अध्यक्ष भएका छन् । हिजो (शुक्रबार) सम्पन्न साधारणसभाबाट कटुवालको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । मोरङ–सुनसरीको सामाजिक गरिमालाई कायम राख्दै समाज र मातृभूमीको निम्ति उत्कृष्ट कार्य गर्ने प्रण गर्दै कार्यसमितिले आगामी कार्यक्रमहरु तय गर्ने ईलाम सेवा समाज […]

कम्पनीले नेपाल फर्कन नदिएपछि नेपाली युवाको विचल्ली

केदार मगर, खोटाङ– वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरूण राई र धनकुमार राईलाई कम्पनीले काम र दाम दुवै नदिनुका साथै स्वदेश फर्कनसमेत रोकेपछि विचल्लीमा परेका हुन् । टायल […]

साउदीमा जेल जीवन विताइरहेका इलामका प्रेम राई बचाउन अभियान सुरु

काठमाडौं (पास)– घर–परिवारलाई सुखी र खुशी राख्ने सुन्दर सपना सजाउँदै परदेशिएका ईलामका प्रेम राईका सपनामा तुषारापात आएको छ । खाडीको मरुभूमीमा पसिना बगाएर भएपनि केही आर्जन गरी जीवनलाई केही सहज ढंगबाट व्यतित गर्ने उनको योजना यतिबेला भत्किएको छ । पैसा कमाउन गएका उनी आफैलाई मरुभूमीबाट ज्यान उकास्न अरुबाट सहयोगको आशामा वस्नुपरेको छ । राईलाई नेपाल […]

पाल्पाली समाज युएईको अध्यक्षमा बेदप्रसाद अर्याल

लालबहादुर ढेंगा युएई– ‘एक्काईसौं शताब्दीको आवश्यकता शीप र ज्ञान, युएईको माटो सुहाउंदो पाल्पालीको अभियान’ भन्ने नाराका साथ गएको ३ नोभेम्बर शुक्रबारका दिन दुबईको विडरेन्ज रेष्टुरेण्टमा पाल्पाली समाज युएईले दोस्रो महाधिवेशन–२०१७ भव्यताका साथ सम्पन्न गरेको छ । खुम आलेको अध्यक्षतामा रहेको पहिलो कार्यकाल सकिएपछि दोस्रो कार्यकालका लागि सो महाधिवेन गरेको हो । उक्त महाधिवेशनको प्रमुख अतिथिमा […]