हराएका चार नेपाली बालकको भारतबाट उद्धार

बर्दिया (रासस)– भारतीय बजार गोन्डाबाट तीनजना नेपाली बालक र बहराइचको बालगृहबाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई बिहीबार उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताएकी छन् । एकैसाथ हराएका बाँके नेपालगञ्ज घर भएको कर्णबहादुर थापाको छोरा ५ वर्षीय दिलीप थापा, बाँके सिमलघारी घरभएका हजारी विकको […]

सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध

बुटवल (पास)– सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पाल्पा सडकखण्डमा रातभरि परेको अविरल वर्षाका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । सडकखण्डको पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) आज बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक फेरि अवरुद्ध […]

राष्ट्रिय कविता प्रतियोगितामा पन्ध्र कवि छानिए

रोल्पा (पास)– बृहत् साहित्य सम्मेलनअन्तर्गत राष्ट्रिय कविता प्रतियोगितामा देशभरका १५ जना कवि छनोटमा परेका छन् । यसरी छनोट हुनेमा काठमाडौँका अमि प्रिन्स, दोलखाका अशोक नेपाल, रोल्पाका कमल विवश मगर र संगीत मगर, बाग्लुङका गिरी श्रीस मगर, सोलुखुम्बुका गणेश खतिवडा, रुपन्देहीका देशबन्धु आचार्य रहेका छन् । यसैगरी छनोट हुने अन्य प्रतियोगीमा गोरखाका निशान निष्कर्ष, लमजुङका प्रज्वल […]

रणनीतिक त्रुटिका कारण काँग्रेसको हारः नेता सिटौला

दाङ (रासस)– नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रणनीतिक त्रुटिका कारण काँग्रेसले हार व्यहोर्नुपरेको बताएका छन् । नेपाली काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उनले भने, ‘चुनावमा हार व्यहोर्नुपरे पनि काँग्रेस जनताको मनबाट हारेको छैन ।’ नेता सिटौलाले अब काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै त्यसका लागि पार्टी एकताबद्ध भएर […]

विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ

रुकुम (रासस)– जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो । बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । […]

बीस वर्ष नपुगेका किशोरीको दुई घरबार, दुई श्रीमानबाट दुई सन्तान

कविता उपाध्याय, रोल्पा– एकातिर रोल्पा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणाका लागि अभियान थालिएको छ भने अर्कोतिर बालविवाह न्यूनीकरण हुन सकिराखेको अवस्था छैन । बाल विवाहकै जिल्लामा केही किशोरी २० वर्षभित्रै दुई घरबार जोड्न बाध्य छन् भने कति किशोरी त २० वर्ष नपुग्दै दुई वा तीन सन्तानका आमासमेत बनिसकेका छन् । गरिबी, बेरोजगारी, चेतना अभाव तथा […]

गाई काटेको आरोपमा चार जना पक्राउ

कपिलवस्तु (रासस)– यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरैे मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार गरेपछि यो […]

जबर्जस्ती करणी अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

लिबाङ, रोल्पा– छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार मंगलबार साँझको समयमा खेल्न भनी घर बाहिर रहेकी बालिकालाई अँध्यारो हुनेबेला अभियुक्त बालकले ललाइफकाई जबर्जस्ती करणी गरेको पीडितका आफन्तले प्रहरीमा बयान दिएका छन् । असह्य पीडा भएपछि बालिकाले […]

आगलागीमा दुई वर्षीया बालिकाको मृत्यु

कपिलवस्तु– कपिलवस्तुको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा हिजो आगलागी हुँदा बालिकाको मृत्यु भएको छ । अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्ँिकदा यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका परिवारले घरमा आगो […]

गुल्मीमा नक्कली नोट भेटियो

गुल्मी– गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।हिजो सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले बैंकमा जम्मा गर्न ल्याएको रकममा उक्त एक थान रु ५०० को नक्कली नोट फेला परेको बैंकका प्रबन्धक योगेन्द्र रायमाझीले बताए । फेला परेको ९४६७९६ […]