बिप्लव समूहले गरेको कैलाली बन्दबाट जनजीवन प्रभावित

धनगढी (पास)– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको कैलाली बन्दका कारण आज जिल्लामा उद्योग, व्यवसाय, यातायात क्षेत्र ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघि कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणको घटनालाई लिएर पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको दाबी गर्दै पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने मागसहित विप्लव नेतृत्वको नेकपाले आज कैलाली बन्दको आह्वान […]

स्थानीयवासीद्वारा स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र नायब सुब्बामाथि हातपात

बैतडी (रासस)– बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् । निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका […]

राधालाई बोक्सीको आरोपमा कुटपिट गर्ने पक्राउ

कैलाली– कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन ।सोही गाउँकी आफुलाई ‘पार्वती’ भनेर कुटपिटमा संलग्न भएको भन्दै किस्मती चौधरी (पार्वती)लाई प्रहरीले पक्राउ गरेको छ । देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन ।रामबहादुर यसअघि नै पक्राउ […]

कञ्चनपुरका आठसय महिलालाई मनोविमर्श सेवा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा र बेदकोट नगरपालीकाका ८०० महिलालाई मनोविमर्श सेवा प्रदान गरिएको छ ।द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र, कञ्चनपुरले सञ्चालन गरेको शान्तिका लागि स्थानीय क्षमता कार्यक्रमअन्तर्गत मनोविमर्श सेवा प्रदान गरिएको हो । एकल महिला, घरेलु हिंसामा परेका, जातीय विभेद, यौनजन्य हिंसामा परेका महिलालाई विशेषज्ञता हासिल गरेका मनोविमर्शकर्ताको सहयोगमा मनोविमर्श सेवा प्रदान गरिएको केन्द्रका अध्यक्ष […]

राना थारू भाषाबारे अनुसन्धान गरीदै

कञ्चनपुर– भाषा आयोगको विज्ञ टोलीले कञ्चनपुरमा राना थारू भाषाको अध्ययन–अनुसन्धानको कार्य शुरु गरेको छ ।राना थारू भाषाको पाठ्यपुस्तक विद्यालयमा लागू गर्न उपयुक्त छ–छैन भन्ने बारे अनुसन्धान गर्नका लागि भाषा आयोगको टोलीले कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेका विद्यालयमा अनुसन्धानको कार्य शुरु गरेको हो । लालझाडी गाउँपालिकामा ९९ प्रतिशत राना थारू समुदायको बसोबास रहेको छ । विद्यालयमा पठनपाठनका […]

रेशम चौधरीसहित २४ जना थुनामै अनशन

धनगढी – कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीसहित थुनामा रहेका २४ जना आइतबार साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । टिकापुरको घटनाका मुख्य आरोपी चौधरीले फागुन १४ गते कैलाली जिल्ला अदालत सामु आत्म समर्पण गरी जेल गएका थिए भने अरु २४ अनशनकारी टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेका […]

अझै हटेन छाउपडी प्रथा

कञ्चनपुर– परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु ’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता […]

भारतले बिनासहमति चार पुल बनायो

दार्चुला– भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ । केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको छ । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको […]

अभियुक्त रेशमलाल चौधरी अदालतमा

धनगढी– टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् ।कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । अहिले जिल्ला न्यायाधिश पर्शुराम भट्टराईको एकल इजलाशले बयान लिने […]

कामकाजविहीन नगर विकास

भीमदत्तनगर– सरकारकै ढिलासुस्ती र बेवास्ताका कारण कञ्चनपुरको महेन्द्रनगर नगरविकास समिति विगत अढाइ वर्षदेखि कामकाज विहीन बनेको छ ।समितिसँग रहेको जग्गा लिज, बिक्री वितरणलगायतका विषयमा अनियमितता भएको भन्दै २०७२ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को निर्णयले महेन्द्रनगर नगरविकास समितिको कामकाज छानबिनका लागि भन्दै रोकेको थियो । नगरविकास समितिको कामकाज रोकेर उच्चस्तरीय छानबिन समिति गठन गरी छानबिनसमेत गरिएको […]