चिसो बढेपछि सुनसान, चिसो छल्न सबै बेँसी झरेँ

चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सानाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेँसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको हो । यहाँ मङ्सिरको अन्तिम सातादेखि भारी हिमपात र तापक्रम शुन्यमा झरेसँगै चिसो बढी हुने भएकाले कोही बस्न सक्दैनन् । सबै मानिस बेँसी झरेपछि यो क्षेत्रमा अहिले सुनसान […]

कर्णालीका प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण शुरु

कर्णाली प्रदेशमा दुई वर्षभित्र १७० वटा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गर्ने उद्देश्यका साथ काम शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । बर्सेनि कुनै न कुनै समस्याबाट पीडित बन्दै आएको कर्णालीका दुर्गम जिल्लामा सङ्घीय सरकार र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने […]

लिम्पियाधुराबारे सरकारसँग सर्वोच्च अदालतको लिखित जवाफ माग

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि संरक्षणका विषयमा छुट्टाछुट्टै दायर गर्नुभएको रिट निवेदनमा सो आदेश जारी गरेको हो । दुवै रिट निवेदनलाई अग्राधिकार दिएर सुनुवाइ गर्ने र […]

जाजरकोटमा विवाह गर्न नागरिकता अनिवार्य

विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । […]

डोल्पाका स्थानीय तहमा विद्युत् र सञ्चारको समस्या

हिमाली जिल्ला डोल्पाका आठवटै स्थानीय तहमा विद्युत् र सञ्चारको गतिलो सुविधा छैन । विगतदेखि स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दासमेत विद्युत् र सञ्चारको समस्या समाधान हुन सकेको छैन । अहिलेको युगमा अत्यावश्यक साधनको रुपमा रहेको विद्यु र सञ्चारको पहुँच नहुँदा जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिकसँगै स्वयं स्थानीय सरकारनै यस्तो समस्यामा भोग्न बाध्य छ […]

जहाँ फोन गर्न रुख चढ्नुपर्ने र तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता !

जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका ६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि उनी दैनिक कोठाना जाने गरेको बताउँछन् । उनी भन्छन्, ‘मजस्तै यहाँका सबै […]

कर्णाली सरकारद्वारा हरेक नागरिकको एक लाखको वीमा

काठमाडौं । कर्णाली सरकारले प्रदेशका हरेक नागरिकका लागि एक लाखको वीमा गरिदिएको छ । बुधबार एक समारोहका बीच आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरेका छन् । प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि […]

अनुदानको चामल बाटोमै बिक्री

जाजरकोट– नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् । सरकारले […]

भारतमा काम गर्ने नेपालीहरुको अवस्था दयनीय बन्दै

डोटी– भारतमा कार्यरत लाखौं सुदूरपश्चिमेली कामदारको समस्या सुल्झिनुको सट्टा झनै विकराल बन्दै गएको पाइएको छ । भारतमा कार्यरत नेपाली कामदारको समस्या सरकारी तहबाट सम्बोधन गर्नुपर्नेमा उल्टै वैदेशिक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई नछोएपछि समस्या देखिएको काम गरेर घर फर्किएका बोगटान गाउँपालिकाका रामबहादुर घर्तीले बताए । उनले भने, “सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल, […]

कर्णाली संरक्षणप्रति सर्वपक्षीय चिन्ता

धम्बोझी– कर्णाली नदीको दिगो संरक्षणप्रति सरोकारवाला निकायले चिन्ता व्यक्त गरेको छ । कर्णालीमा भइरहेको दोहोन रोक्न तथा वातावरण वन्यजन्तुमैत्री विकासलाई अगाडि बढाउन कर्णाली नदी संरक्षण सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय कर्णालीमा भइरहेको दोहनले मानव र वन्यजन्तुको भविष्य सङ्कटमा परेकाले सरोकारवालाले नदीको दिगो संरक्षणका अपरिहार्य भएको आँैल्याएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले […]