मुख्यमन्त्री शाहीद्वारा भेरी बबई डाइभर्सनको अवलोकन

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गरेका छन् । शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र […]

‘तीन महीना मात्र खान पुग्ने जनतालाई बजेटले छोएन’

सुर्खेत (रासस)– कर्णाली प्रदेशको सरकारले प्रस्तुत गरेको आव २०७५/७६ को बजेटको छलफलमा भाग लिँदै कर्णालीका सांसदले पहुँच र हुनेखानेलाई मात्रै बजेटले समावेश गरेको आरोप लगाएका छन् । कर्णाली प्रदेशसभाको बैठकमा बजेटमाथि छलफल गर्दै नेपाली काँग्रेसका प्रदेशसभा सदस्य झोवा विकले नौ महिना काम गरेर तीन महीना मात्र खान पुग्ने मुगुका जनताका लागि बजेटले नछोएको बताए । […]

यार्साले दिवाखाजाको ३३ लाख गुम्यो

दुनै, डोल्पा– हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै पछि लाग्छन् […]

मुटु रोगी बालबालिकाको संख्या बढ्दै

जाजरकोट– सुगम ठाउँका बालबालिकाको तुलनामा जाजरकोटका बालबालिकामा मुटु रोगको समस्या सात गुणा बढी रहेकोे देखिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा जाजरकोट आएको चिकित्सकको टोलीले जिल्लाका करिब पाँच हजार बालबालिकाको मुटुको जाँच (स्क्रिनिङ) गरेको छ । ‘पाँचदेखि १५ वर्ष उमेर समूहका स्कुले विद्यार्थी र अन्य बालबालिकामा गरिएको परीक्षणको अवस्था हेर्दा जाजरकोटमा धेरै […]

कर्णालीलाई १० वर्षमा समृद्ध बनाउन सुझाव

सुर्खेत– आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमका बारेमा प्रदेश सरकार र विज्ञबीच भएको छलफलमा कर्णाली प्रदेशलाई अबको १० वर्षभित्र समृद्ध बनाउने विषयमा सुझाव दिइएको छ । राजधानी वीरेन्द्रनगर सुर्खेतमा विभिन्न क्षेत्रसँग सम्बन्धित विज्ञसँग प्रदेश सरकारले शुक्रबार मानव विकास सूचकांकसहित हरेक सूचकमा सबैभन्दा पछि देखिँदै आएकाले योजना तय गर्ने र आव ०७५÷०७६ को नीति तथा […]

सात वर्ष बित्यो तर बनेन स्वास्थ्य भवन

जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका दल्ली प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य थालनी गरेको सात वर्ष बितिसके पनि निर्माण कार्य पूरा नहँुदा निर्माणाधीन भवन अलपत्र परेको छ । निर्माण कार्यको जिम्मा लिएका निर्माण कम्पनीका मालिक बीचमै काम छोडेर बेपत्ता भएका छन् । सरकारी लगानीमा निर्माण हुनथालेको भवनको काम बीचमै अलपत्र परेपछि राज्यको बजेट बालुवामा पानी खन्याएजस्तै […]

वैकल्पिक ऊर्जा एक मात्र विकल्पः मुख्यमन्त्री शाही

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको ऊर्जा संकट समाधानका लागि वैकल्पिक ऊर्जा एकमात्र विकल्प भएको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाडौँद्वारा प्रदेश राजधानी वीरेन्द्रनगर, सुर्खेतमा बिहीबार आयोजित ‘नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले यो कुरा बताएका हुन् । कार्यक्रममा उनले यो प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण […]

धार्मिक पर्यटनको आकर्षक गन्तव्य ‘त्रिपुरासुन्दरी’ मन्दिर

रामचन्द्र न्यौपाने, डोल्पा– चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर । प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिङ्गा । त्यहाँबाट देखिने नागबेली आकारको ठूलो भेरी नदी, मन्दिरको पारिपट्टि देखिने हिउँले सिँगारिएका मुकुटेश्वर, […]

‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा

सुर्खेत– बिहीबारदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित तोस्रा माविमा अध्ययनरत जनक विक यस पटकको एसइई परीक्षाका परीक्षार्थी हुन् । पढिरहेको विद्यालयबाट अर्को विद्यालयमा गएर परीक्षा दिनुपर्ने भएपछि उनी निकै तनावमा छन् । परीक्षालाई मर्यादित बनाउन भन्दै सरकारले होमसेन्टरबाट परीक्षा दिन नपाइने नियम लगाएपछि उनी जस्तै हजारौँ विद्यार्थी […]

सरकारसँग बिलौना गर्दै महिलाको गुहार

सुर्खेत– बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै थिइन् । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उनलाई नानीहरूले बिहानको खाना मागिरहेका थिए तर भन्ने बित्तिकै दिनसक्ने खाना रहेनछ, उनीकामा । एकसरो अनि विभिन्न ठाउँमा च्यातिएको कपडा लगाएका नानीहरूलाई हिजो बेलुका बचेखुचेको […]