माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण शुरु

चौतारा– माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण कार्य शुरु भएको छ । २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले तहसनहस भई विगत तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुन निर्माण कार्य सुरु गरीएको हो । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित सो आयोजनो सकिन अझै दुई वर्ष पर्खन पर्ने भएको छ । […]

अस्पताल परिसरमा लागुऔषध कारोबार

भक्तपुर – भक्तपुर अस्पताल परिसरमै लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुने गरेपछि अस्पतालको विश्वसनियता देखिएको छ । अस्पतालको चौरमा खुलेआम लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गरेको तथ्य सार्वजनिक भएको छ । मंगलबार अस्पताल परिसरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, हेटौँडा उपमहानगरपालिका वडा नं […]

अरनिको राजमार्ग मर्मत नहुँदा चालक र स्थानीयलाई सास्ती

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा सडकखण्डको मर्मत कार्यमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिँदा सवारी चालक, यात्रु तथा स्थानीय बासिन्दाले सास्ती ब्यहोर्दै आइरहेका छन् ।सो सडक मर्मतका लागि भनेर बजेट छुट्याए पनि काममा ढिलाइ भएपछि सो राजमार्ग भएर चल्ने सवारीसाधन, यात्रु र सो क्षेत्र आसपासका स्थानीय बासिन्दाले समस्या ब्यहोर्नु परेको हो । स्थानीय बासिन्दा राधा ठकुरीले […]

प्राकृतिक विपत्तिमा पीडितका लागि सन् २०१७ प्रतिकूल वर्ष

भीष्मराज ओझा, काठमाडौँ– एम्नेस्टी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भूकम्प र बाढीबाट पीडित व्यक्तिका लागि सन् २०१७ वर्ष प्रतिकूल रहेको उल्लेख छ । वैशाख भूकम्पले आवासविहीन भएका झण्डै ७० प्रतिशत मानिस अझै अस्थायी आश्रयस्थलमा रहेको र तराईमा बाढीबाट प्रभावित हजारौँ मानिसले पर्याप्त आवास तथा आर्थिक सहयोग नपाएर दुःख भोग्नुपरेको सो संस्थाद्वारा आज सार्वजनिक प्रतिवेदनमा […]

ट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीनको मृत्यु

सिन्धुपाल्चोक (पास)– सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा […]

८० वर्षका पनि जबर्जस्ती करणीमा संलग्न

हेटौँडा– बढ्दो जबर्जस्ती करणीका घटनाले सर्वसाधारणमा असुरक्षाको महसुस हुनाका साथै यस्ता घटनाविरुद्ध अभियानमा लागेकालाई धम्कीसमेत आउन थालेको छ । पछिल्लो समय पीडित महिलाका साथै महिला हिंसाविरुद्ध लागेका अधिकारकर्मीलाई पनि चुनौती थपिएको मानव रक्षक सञ्जालका जिल्ला अध्यक्ष आरती पाठक बताउँछिन् । पाँच वर्षीया बालिकादेखि ७० वर्षीया वृद्धासम्म बलात्कृत भएका घटनाले यस घटनाविरुद्ध लागेकालाई चु्नौती थपिनुका साथै […]

जैसीदेवलको पुनर्निर्माणमा भ्रष्टाचार भएको आरोप

पूर्णप्रसाद मिश्र, काठमाडौँ– विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनःनिर्माण अपारदर्शी रूपमा शुरु गरिएको भन्दै त्यसमा भ्रष्टाचार भएको आरोप लगाईएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनःनिर्माण पुरातत्व विभागले शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनःनिर्माण गर्दा निर्माण स्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने […]

मेलम्चीको पानी चैत १५ सम्ममा काठमाडौंमा ल्याउने

काठमाडौं (पास)– मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । […]

दोलखाका सबै निजी अस्पताल मापदण्ड विपरीत

दोलखा– दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् । भीमेश्वर […]

बाटो कालोपत्र हुँदा गाउँले खुशी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो । बाह्रविसे […]