प्रदेश २ मा ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरगञ्ज– प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहँुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा […]

अपांगता भएकाहरुको आफ्नै मेहनतमा उभिने इच्छा

बर्दिवास– ‘भाग स ठगायल हम अपन पयर में ठार होब चाहैछि, मिहिनेत हम करब साथ अहाँक चाहैछि’ (भाग्यले ठगिएकी म आफ्नै खुट्टामा उभिन चाहन्छु, मेहनत म आफैँ गर्छु, साथ तपार्इँको चाहन्छु) । न्यून दृष्टियुक्त भएर पनि मुढा र अगरबत्ती बनाउने सीप सिकेकी महोत्तरी जिल्ला गौशाला नगरपालिका–९ बिसरपुरकी २५ वर्षीया ललितासिंह दनुवारले आफ्नै नगरप्रमुख शिवनाथ महतो […]

महुली पुल भासियो

लहान– लगातारको वर्षापछि आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली खोलाको पुल भासिएको छ । लगातारको वर्षापछि उक्त खोलामा आएको बाढीले महुली पुल करीब ५० मिटर भासिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पु्लको केही भागमा थप कटान हुन थालेपछि सर्तकतापूर्वक पुलबाट एकतर्फी यातायात मात्र चलाउन दिइएको र पुलको कटान […]

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा अहिलेसम्म किसानले धानको बेर्ना राख्न पाएनन्

वीरगञ्ज– भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बेर्ना राख्न पाएका छैनन् । बेर्ना राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ । “गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन,” पश्चिमी पर्सा जगरनाथपुरका हरि देवले भने, ‘आकाशे पानीको भरमा […]

मेडिकल कलेजको अवस्था नाजुक, विद्यार्थीको भविष्य अन्योलमा

जनकपुरधाम (रासस)– जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ । सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो । कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण […]

क्यान्सर रोग विरुद्ध सरकारले ठोस योजना ल्याउँछः मुख्यमन्त्री राउत

लहान (पास)– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘क्यान्सर रोग बढ्दै गएकाले यो रोग लाग्नै नदिने गरी सरकारले ठोस स्वास्थ्य योजना ल्याउनेछ […]

स्थानीयवासीको आक्रमणबाट चार सुरक्षाकर्मी घाइते

पर्सा (पास)– पक्राउ गरिएका अभियुक्तलाई छुटाउन प्रहरी चौकी सेढवामा स्थानीयवासीले आक्रमण गर्दा चारजना सुरक्षाकर्मी घाइते भएका छन् । अभियुक्तलाई छुटाउन स्थानीय बासिन्दाले आज बिहान करीब ३ बजे प्रहरी चौकी सेढवानमा आक्रमण गर्दा तीनजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान घाइते भएका हुन् । घाइते चारैजनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइते […]

लाहानमा गोली चल्दा एक युवकको मृत्यु

सिरहा (पास)– विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए । विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब १२ बजेतिर […]

एक दर्जन गाँउमा खानेपानीको हाहाकार

गौशाला– महोत्तरी जिल्लाको उत्तरवर्ती एक दर्जनभन्दा बढी गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्यधिक गर्मीसँगै जिल्लाको उत्तरवर्ती पशुपतिनगर, किसाननगर, हात्तिलेट, लक्ष्मिनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, गौरीबास, खयमारा, बिजलपुरा, निगौल, गौशाला, बर्दिबास नगरपालिका लगायतका ठाउँमा खानेपानीको हाहाकार मचेको स्थानीयवासीले बताएका छन् । ढुंगा र चट्टानयुक्त भौगोलिक विकटताका कारण अहिले हिउँदमै ती गाविसमा पानीको सतह घटेर धेरै तल […]

धेरै कैदी/थुनुवा बिरामी हुन थाले

गोपालप्रसाद बराल, बर्दिवास– महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ । गर्मी बढेसँगै कारागारका कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो । श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । कारागारले थेग्नै नसक्ने गरी कैदी/थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरूको बसाइ व्यवस्थापन मिलाउन […]