नेपाली किसान कृषि प्रविधि सिक्न कोरिया जान पाउने

काठमाडौं । नेपाली किसानलाई कोरियामा कृषि कर्म सिक्ने अवसर सृजना गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्र (एईसी) र कोरियाली ग्लोबल मल्टी कल्चरल सेन्टर (जीएमसी) बीच सम्झौता भएको छ । कृषि सीप, प्रविधि आदानप्रदानसम्बन्धी सम्झौतामा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी र जीएमसीको तर्फबाट महासचिव योङ्सु (इरिक) मुनले सोमबार हस्ताक्षर गरे । […]

भारतमा कोरोना बढ्न थालेपछि सुदूरपश्चिमका नेपालीहरु धमाधम घर फर्कँदै

काठमाडौं । भारतका विभिन्न स्थानमा कोरोनाको नयाँ भेरियन्ट आमिक्रोनको संक्रमण बढेसँगै काम छाडेर घर फर्कने नेपालीको संख्या बढेको छ । कैलाली सँग जोडिएको सीमा नाका गौरीफन्टास्थित सशस्त्र प्रहरीको चेकपोष्टका अनुसार पछिल्लो एक साता दैनिक रुपमा भारतबाट फर्कने नेपालीको संख्या बढेको हो । पुस लागेसँगै गौरीफन्टा नाका भएर सात हजार भन्दै बढी भित्रिएको प्रहरीले जनाएको छ […]

कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या

काठमाडौँ । कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या भएको पाइएको बताइएको हो । कार्यक्रममा महासङ्घ नेपाल आवद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा […]

बिहीबारदेखि वैदेशिक रोजगारीमा जाने बाटो बन्द

काठमाडौं । वैशाख २३ गतेदेखि वैदेशिक रोजगारीमा जानेहरु रोकिने भएका छन् । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका हुन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए । सरकारले २०७७ असारपछि मात्रै श्रमिकलाई विदेश जान श्रम स्वीकृति दिन […]

कोरिया जानबाट रोकिएका कामदारहरु जाने प्रक्रिया शुरु

काठमाडौं– कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो । छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ […]

कोरोनाको प्रभावपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । १९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि […]

अमेरिकामा बेरोजगारी बीमा गर्नेको संख्या १० लाख नाघ्यो

वासिङटन डिसी– संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा बढ्दो बेरोजगारीका कारण रोजगार बीमाको कार्यक्रमका लागि धेरै नागरिकले आवेदन गरिरहेका बताइएको छ । यो संख्या अमेरिकामा कम्तीमा पनि ११ लाख पुगेको हो । अमेरिकाबाट प्राप्त भएको समाचारमा सो कुरा जनाइएको छ । अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था आएको हो । गएको पाँच महिनामा अमेरिकामा कोरोना […]

मलेशियामा ११ नेपाली खर्च अभावमा अलपत्र

सोलुखुम्बु– मलेशियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनको भनाइ छ । पाँच महिनादेखि बिनारोजगार कोठामा बसिरहँदा […]

बेरोजगारी समस्याले चिन्तित हुन थाले भारतबाट फर्किएकाहरू

सुदूरपश्चिम– कोरोनाको सन्त्राससँगै दिल्लीबाट फर्किनुभएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् । काम नपाएर बेरोजगार बस्नु परेपछि भएको आर्थिक समस्याका कारण उनीलाई चिन्ता बढेको हो । केही वर्षदेखि दिल्लीको एक होटलमा काम गर्दै आएका नेपाली कोरोनाको त्राससँगै होटल बन्द गरिएपछि चैत महिनामा घर फर्किएका थिए । […]

‘आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य’

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार छन् । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उनी कटौतीमा परेका हुन् । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी गरे पनि नेपाल आउने हवाई उडान बन्द हुँदा लामो समयदेखि उनी युएईमै रोकिए […]