कोरियामा पनि इलामको चियाबारी !

काठमाडौं । परिस्थितिका जस्तोसुकै अवस्था, कति सहज–कति असहज, कति बाध्यता अनि कति सामाजिक परिवेस । जे भए पनि आफ्नोपनको झझल्कोले कहाँ छोड्छ र ? आफू जन्मे हुर्केको माटोलाई कहाँ विर्सन सकिन्छ र ? यस्तै सन्दर्भमा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका इलामेहरुले कोरियामा नै इलाम चियाबारी पुर्याएका छन् । यथार्थमा सिंगो इलामाको चियाबारी नै थपक्क बोकेर […]

तीन दिनसम्म भारी वर्षा नहुने, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् रोजन लामिछानेका अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ। त्यसको असरस्वरूप पानी कम पर्ने देखिन्छ,’ उनले भने। लामिछानेका अनुसार, मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो […]

हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । […]

जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

जुम्ला । सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]

ललिता निवास प्रकरणमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ । ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ […]

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए पनि राम्रो […]

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

काठमाडौँ । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान […]

चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते

चितवन । बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् । माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन् । निकुञ्जबाट निस्किएको बाघले […]

चार महिनामा नागढुंगा सुरूङ ब्रेक थ्रुु हुने

काठमाडौं । धादिङ सिस्नेखोलादेखि काठमाडौं सतुंगल जोड्ने निर्माणाधीन नागढुंगा सुरूङ अब ५२५ मिटर खनेपछि ुब्रेक थ्रुु हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ब्रेक थ्रु हुन करिब चार महिना लाग्ने बताए। मंगलबार मन्त्री ज्वाला तथा सचिव केशवकुमार शर्मासहितको उच्चस्तरीय टोलीले नागढुंगा सुरूङमार्ग निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मन्त्री ज्वालाले आफूले मन्त्रालयको जिम्मेवारी […]

बर्खामा ढुवानी गर्न घोडा-खच्चडकै भर

ढोरपाटन । वर्षाका कारण गाडी गुड्ने सडकमा ठूला–ठूला ढुङ्गा मुठासहितको पहिरो थुप्रिएको छ । पहिराले सडक छेकिँदा पैदलयात्रा पनि सहज छैन । बागलुङको बजार क्षेत्रमा बर्खामा पनि सडक सञ्चालन भए पनि ग्रामीण सडक भने पूर्णरूपमा अवरुद्ध छन् । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका हजारौँ नागरिक प्रभावित बनेका छन् । गाउँ–गाउँसम्म सडक पुगेपछि स्थानीय घोडा खच्चड […]