पाँचथरमा गएको पहिरोले २१ परिवार विस्थापित

फिदिम- पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरूपमा विस्थापित भएका हुन् […]

कस्तो पीडा : जग्गा छ तर पुर्जा छैन

लम्की- कैलाली टीकापुर नगरपालिका ८ र ९ का स्थानीयवासीले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा मर्कामा पर्ने गरेका छन् । एक हजार ८०० सँग रहेको तीन हजार बिघाभन्दा बढी जग्गाको लालपुर्जा नहुँदा उनीहरू मर्कामा परेका हुन् । टीकापुर–८ धनसिंहपुरका ४९ वर्षीय भीम महर जन्मेको तीन वर्षअघि देखि नै उनका बुबा गगनसिंह महरका नाममा कञ्चनपुर प्रधान […]

बाढीको उच्च जोखिममा दाङका ३७ वटा वडा, कस्तो छ पूर्वतयारी ?

नारायणपुर- जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरूलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरू डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान […]

आफ्नै वडा कार्यालय पुग्न २ घण्टा, कसरी आयो सिंहदरबारको अधिकार गाउँगाउँमा ?

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ । कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । […]

पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

लिस्बन- कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् । सन् २०१६ देखि पोर्चुगल बस्दै आएका […]

समायोजनामा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने ?

काठमाडौँ,मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल शुरु भएको छ । […]

एसइईको रिजल्ट हेर्नुभयो ? यदि छैन भने यति धरै छन् हेर्ने तरिकाहरु

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गरेको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ १६ हजार ८८२ विद्यार्थीले जिपिए ३.६० देखि ४ (ए प्लस) ल्याएका छन् । कार्यालयले गत वर्षदेखि सङ्घीय संरचनाअनुसार गत चैत १० गतेदेखि २१ गतेसम्म साधारण तथा प्राविधिक धारतर्फ सञ्चालन गरेको सो परीक्षामा नियमित […]

मेलम्ची खानेपानी आयोजनाबाट रकम लिनुपर्ने भएमा तीन दिनभित्र रकम दाबी गर्न सरकारको आग्रह

काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन […]

एसइईको नतिजा भोलि बिहीबार पक्का

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी […]

‘गलबन्दी’ गीत विवादमा शम्भु राईकै जित, संगीत सिर्जनामा राईको नाम थप्ने सहमति (हेर्नुहोस सहमतिपत्र)

काठमाडौँ ‘गलबन्दी च्यातियो …’ शीर्षकको गीतको सङ्गीत सिर्जनामा गायक तथा सङ्गीतकार शम्भु राईको नाम थपिने भएसँगै पुराना गायक शम्भु राईकै जित भएको छ । गीत विवादमा आएपछि राईले मुद्धा दायर गरेपछि आज उक्त गीतका गायक प्रकाश सपूत र राईबीच भएको छलफलमा नाम राख्ने गरी चार बुँदे सहमति भएको हो । सहमतिसँगै उत्पन्न विवाद समाधान भएको […]