रवि लामिछानेलाई चौथो सम्बन्धका लागि शुभकामना !

ईशा लामिछाने (रवि लामिछानेकी पूर्वपत्नी) आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु । […]

आगोको भरमा बित्छ चेपाङको रात

चितवन– पर्यटकीय नगरी सौराहा नजिकै डाँडामा रहेका चेपाङ जातिले आगोको भरमा रात बिताउनुपरेको छ । जिल्लाको पहाडी क्षेत्रमा चेपाङको बाहुल्यता छ । त्यहाँ रहेका अधिकांश चेपाङ विपन्न अवस्थाका छन् । उनीहरुले ओढ्न र लगाउनका लागि पर्याप्त लत्ताकपडा नहुँदा आगोको भर पर्नुपरेको हो । इच्छाकामना गाउँपालिका–१ हात्तीवाङका बुद्धिबहादुर चेपाङ रातमा आगो निभेपछि ब्युँझिने गरेको बताउँछन् । […]

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

पर्वत– जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला ? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ […]

प्लाष्टिक नाई भन्नु ल !

चितवन– के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ । ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु […]

माइनस ९ डिग्रीमा सुरक्षा दिँदै नेपाल प्रहरी

हुम्ला– सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ । आफ्नो जिम्मेवारी पूरा गर्दै चिसो नभनेर बाक्ला कपडा, टोपी, हाते पञ्जा, गलबन्दी भिरेर पनि सिमकोट बजारमा अनैतिक घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दुई दुई घण्टाको […]

सँगै स्कूल जान्छन् नाति बज्यै

तेह्रथुम (रासस) ः ‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बन्नुभएको छ आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्नसमेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गर्नुहुन्छ । दुई वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै हुनुहुन्छ । नाति वसन्त कक्षा–१ […]

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौं– राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयतादेखि अलि असहज महसुस गर्दै आएका राई […]

फू वासी झरे

मनाङ (रासस)– मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् । तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ । करीब चार हजार १०० मिटर उचाइमा रहेको यस […]

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ– थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने […]

आगलागीबाट १३ घर जले

सप्तरी– तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित बभनगा, कट्टी टोलमा आज साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आगलागीबाट एक एक बाछी र बोका, रु एक लाख, भाँडाबर्तन, चामललगायत जलेर नष्ट हुँदा करीब रु ४० लाख मूल्य बराबरको क्षति भएको बताए । बिन्देश्वर साफीको घरबाट सल्केको आगोले उहाँसहित आनन्द साफी, […]