मन्त्री दीपक मनाङ्गेले लिए सपथ

पोखरा । बिहीबार गण्डकी प्रदेश सरकारको मन्त्री नियुक्त भएका दीपक मनाङ्गे (राजीव गुरुङ) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराएका हुन् । उनलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङबाट निर्वाचित सांसद मनाङ्गे स्वतन्त्र सांसद हुन् ।

मुख्यमन्त्रीको राजीनामा माग गर्दै वाग्मती प्रदेशसभा अवरुद्ध

हेटौंडा । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । झण्डै डेढ महिनापछि बसेको बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो । माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् । उनले सरकारले […]

दुर्गाप्रसादले पाए नागरिकता

काठमाडौँ । भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन्। तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँ र प्रशासकीय अधिकृत देवीचरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् । कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय […]

अब सवारीले क्षमताभन्दा बढी भार बोके कारबाही हुँने

काठमाडौँ । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारी साधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारी साधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ । मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम भार ओसारपसार […]

अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ

काठमाडौँ– अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन् । ट्याक्सी चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।   नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गरेको आरोपमा सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेको हो । उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको छ। गत सोमबार […]

स्रोत नखुलेको ४२ लाखसहित पक्राउ

काठमाडौँ– महानगरीय प्रहरी परिसर भक्तपुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ । अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र दोलखा बैतेश्वर घरभई काठमाडौँको माकलबारी बस्ने ३७ वर्षीय विनोद […]

मौसम अपडेट : पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका भेगमा आज अपराह्न वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । अपराह्न पश्चात देशका पहाडी […]

प्रचण्ड–माधव समूहको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।  पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । आगामी सरकार […]

विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं : ओली

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले भने, ‘शान्तिको सम्बन्धमा अलिअलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्नेछौं ।’ उनले समाधानको कार्यक्रम सम्भावतः छिट्टै हुने समेत दाबी गरेका छन् । विध्वंसात्मक गतिविधिमा संलग्न […]

भोलि काठमाडौं आउँदैछन् भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आउँदैछन् । भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ताको कार्यक्रम राखिएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच […]