राष्ट्रियसभा बैठक माघ ३ सम्म सारियो

Rastriya sava

काठमाडौं । पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा। भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिए । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ । यस अघिसमेत पुस २५ गते […]

एकैदिन ९ सय ४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही समयमा २ सय ९७ जना निको भएका छन् । देशभर ६ हजार १ सय ४० जना सक्रिय […]

आजदेखि ३ दिनसम्म वर्षा र हिमपात

काठमाडौं । आजदेखि ३ दिन अर्थात सोमबारसम्म वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहिरहेकोले तराईका केही भूभागमा हुस्सु लागेको छ भने दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका […]

विज्ञको चेतावनी : नेपालमा पनि ओमिक्रोनले भयावह रूप लिनसक्ने

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना भनईरसको ओमिक्रोन भेरियन्ट देखिएपछि अब नेपालमा ओमिक्रोनले भयावह रुप लिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । छिमेकी देशहरु भारत र चीनसमा पनि ओमिक्रोनले आक्रान्त पार्न थालेपछि नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् । छिमेकी देश भारतमा बढ्दै […]

नेप्से सीईओको लागि ५ जना छानिए

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना छनोटमा परेका छन् । सीईओ बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट गरी छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको छ । नेप्सेका तत्कालीन सिइओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । साउदले […]

आज नेप्से ४३ अंकले बढ्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)( परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्सेमा ४३ अंकको उत्साहजनक वृद्धि आएसँगै परिसूचक २६ सय ९२ अंकमा पुगेको छ । यसक्रममा आज नेप्सेमा तीन अर्ब ६७ करोड रुपैयाँको ७३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । आज कारोबार सुरू भएदेखि नै उकालो लाग्न थालेको परिसूचक […]

एकै रातमा दर्जनौं प्रदर्शनकारी मारिए

काठमाडौं । कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरु मारिएको प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ । हिजो राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीहरु आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरूलाई मारिएका प्रहरी प्रवक्ता साल्टनाट बताएका छन् । काजकिस्तानका राष्ट्रपति कास्यम […]

नारायणहिटीको विवादबारे छानबीन गर्न समिति गठन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए । उनका अनुसार समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी […]

आज शेयर बजार ३० अंकले ओरालो लाग्यो

काठमाडौं । आइतबार, सोमबार र मंगलबार उच्च अंकले बढेको शेयर बजार आज बुधबार ३० अंकको झरेको छ । आज बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २६ सय ४९ मा रोकिएको छ । सुरुवाती समयमा सकारात्मक रहेर २७ सयसम्म पुगेको नेप्सेको बृद्धि धेरै समय टिक्न नसकेको हो । कारोबार भने सुधारिएर साढें ४ अर्ब नाघ्यो […]

धनुषा र सप्तरीमा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

काठमाडौं । धनुषा र सप्तरीमा दुई जनाको अत्यधिक चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्। यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिले जनाएको छ । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका […]