बालेनको अभियान पछ्याउँदै अरु नगरपालिकाले पनि अवैध संरचना हटाउन थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खासगरी भूमिगत पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि त्यसको तरङ्ग देशका अन्य भागमा पनि फैलिएको छ । काठमाडौं उपत्यकाभित्रकै थिमि नगरपालिकाले मङ्गलवार गोरखापत्रमा सूचना प्रकाशित गर्दै मापदण्डविपरीत बनाइएका संरचना तथा बाटोमा बाधा पुग्नेगरी थुपारिएका निर्माण सामग्री तथा व्यापार […]