१४ जनाको मृत्यस, ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना […]

विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित, १२ सेकेण्डमा एक जनाको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार पछिल्लो हप्ताको तथ्यांक हेर्ने हो भने पनि विश्वमा हरेक तीन सेकेण्डमा एक सय जना कोरोना संक्रमित हुने गरेको र हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाउने गरेका छन् । डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताउँदै हरेक सेकेण्डमा एक जनाको कोरोना […]

आज मात्रै १२ हजारमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ […]

नेपालमा सिटामोलको हाहाकार, सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपालमा यतिबेला सिटामोलको हाहाकार भएको छ । सिटामोल नपाएर जनता छटपटिन थालेपछि सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई […]

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट […]

निःशुल्क कोभिडविरुद्धको खोप दिइने काठमाडौंका ६ वटा अस्पतालहरु यी हुन्

काठमाडौं । काठमाडौंका ६ वटा निजी अस्पतालबाट कोभिड–१९ विरुद्धको खोप निःशुल्क दिइने भएको छ । सीतापाइलाको शुभेच्छा अस्पताल, बालाजुको पिपल्स डेन्टल हस्पिटल, बालाजुकै जनमैत्री अस्पताल, बागबजारको काठमाडौं मोडेल अस्पताल, थापाथलीको नर्भिक अस्पताल र सिनामंगलको नोबेल अस्पतालबाट खोप दिन लागिएको हो । ती अस्पतालबाट भेरोसेल, एस्ट्राजेनेका खोपका दुवै डोज र विदेश जान लागेकाहरूका लागि जोनसन एन्ड […]

कोरोना संक्रमितले कसरी परीक्षा दिने ?

काठमाडौँ । कोरोना भाईरको कारण सम्पूर्ण विद्यालयहरु बन्द छन् तर, यतिबेला विश्वविद्यालयहरुले भने पूर्व निर्धारित तालिकाअनुसारको परीक्षाहरु भने संचालनमा रहेको छ । अहिले स्नातक तह चौथो वर्षको परीक्षा चलिरहेको छ । यस्तो अवस्थामा कोरोना संक्रमित विद्यार्थीले कसरी परीक्षामा भाग लिने भन्ने अन्योल कायमै रहेको अवस्थामा परीक्षा जारी छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित भएका परीक्षार्थीलाई अलग […]

लकडाउनबारे छलफल गर्न उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं । उपत्यकामा कोरोना भाईरसको संक्रमण तीब्र रुपमा बढ्न थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बूने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी(सिडिओ)हरुलाई दिएपछि बैठक बस्ने र कस्तो प्रारुपमा लकडाउन गर्ने वा नगर्ने निर्णय लिईने बताइएको छ । मंगलबार […]

कोरोनाको असर : १५ माघ सम्म विद्यालय बन्द, होटल र सिनेमा हल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले १५ माघसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । त्यस्तै अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । उनका अनुसार सार्वजनिक […]