धरापमा गठबन्धन : एमाले र कांग्रेसको गठजोड बन्दै

काठमाडौं । विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ पाँच दलीय गठबन्धन धरापमा परेको छ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न टेबुल गर्ने निर्णय गरि सकेर अन्य गठबन्धन दलले असहयोग गर्दा ब्याक हुनुपरेपछि गठबन्धन धरापमा परेको हो । कांग्रेस नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र, नेकपा एस, जसपा […]

मन्त्री प्रेम आलेले घटिया र अश्लिल शब्दले गाली गलौज गरेको अडियो/भिडियो बाहिरिएपछि…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नजिकका पात्रको रुपमा चिनिएका प्रेम आले बन तथा वातावरण मन्त्री बने । उनी वातावरण मन्त्री भएपछि २०७७ साल चैतमा आयामेजित एक कार्यक्रममा ‘रुखले अक्सिजन लिन्छ र कार्बन्डाइ अक्साइड फ्याँक्छ’ भन्ने अवैज्ञानिक अभिव्यक्ति दिएपछि आलोचनासहित हाँसोको पात्र भएका थिए । तर एक वर्ष नवित्दै एमाले फुट्दा ओलीलाई छोडेर […]

एमसीसी के हो र एमसीसीका कस्ता सर्तहरुका कारण विवाद भयो ? (सम्झौता पत्रसहित)

काठमाडौं । एमसीसी नेपाल सरकार र एमसीसीबीच २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता हो। कुल लगानी ६३ करोड अमेरिकी डलर रहेको यो आयोजनामा नेपालले १३ करोड अमेरिकी डलर लगानी गर्नुपर्नेछ। विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना गरी दुई परियोजना एमसीसीमा छन्। विद्युत् प्रसारण आयोजनाले […]

१४ जनाको मृत्यस, ३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना […]

पाँच दलीय गठबन्धनले देशलाई संकटतर्फ धकेल्यो, सरकार बकवास गरिरहेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको चिन्ता नभएकाले देशलाई संकटग्रस्त बनाएको बताएका हुन् । उनले भने, ‘यो पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ अहिले । विनाशतर्फ धकेलेको छ । आर्थिक […]

प्रदेश १ सरकारले मन्त्रालय फुटाएर ७ बाट १२ वटा बनाउने

विराटनगर । प्रदेश नम्बर १ सरकारले हाल कायम रहेको ७ वटा मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ। मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने औपचारिक निर्णय नदिएपनि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो । मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका […]

यसरी तड्पाई–तड्पाई महान सहिदहरुको प्राण लिइएको थियो

आज हामीले तीनै वीर सहिदहरु जसको घाँटीमा पासो लगाएर र छात्तिमा बन्दुकको नाल तेर्साएर माफी माग र आफ्नो प्राण बचाऊ भनिरहँदा तात्कालिन शासकहरुसमक्ष उनीहरुले व्यक्त गरेका बलिदानको गाथा र व्यक्तिगत जीवनबारे यो विशेष शब्दचित्र प्रस्तुत गरेका छौँ । धर्मभक्त माथेमाको यस्तो छ बलिदानको गाथा मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने दिन १३ माघको राति धर्मभक्तलाई लरीमा चढाएर […]

नेपालमा सिटामोलको हाहाकार, सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपालमा यतिबेला सिटामोलको हाहाकार भएको छ । सिटामोल नपाएर जनता छटपटिन थालेपछि सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई […]

११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले तिर्नेगरी अब इलाममा हवाईजाहाज

काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ८ गतेबाट हरेक साता नियमित उडान हुने भएको छ । तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भएपछि सुकिलुम्बा विमानस्थलमा फागुन ८ देखि प्रत्येक आइतबार उडान(अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार […]

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट […]