काठमाडौं उपत्यकामा १६८ सहित आज ५८१ जनामा कोरोना संक्रमण

काठमाडौं । आज देशभरीको कोरोना परीक्षणमा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा मात्रै १६८ जनामा संक्रमण देखिएको छ । ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।