लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले लुक्ला विमानस्थलमा अनिश्चितकालका लागि उडान बन्द गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढेको भन्दै गाउँपालिकाले सबै हेलिकप्टर कम्पनी, तारा, समिट र सीता एयरलान्सलाई पत्र लेखी कात्तिक ७ देखि अनिश्चितकालसम्म लुक्लामा पर्यटक नल्याइदिन आग्रह गरेको छ । गाउँपालिकाका स्थायी वासिन्दा, राष्ट्रसेवक कर्मचारी र शिक्षकबाहेक अरुले प्रवेश गर्न नपाउने […]

साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा हरियाली

ठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ । दसैँअगाडिको आज अन्तिम कारोबार दिन पनि भएको र आज सेयर खरिद गरेको पैसा दसैँपछि मात्रै भुक्तानी गर्दा हुने भएपछि बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । प्रि-ओपनिङ सेसनमै दोहोरो अंकले बढेर बजार खुलेसँगै नेप्से घट्न सुरु भएको थियो । तर […]

गोविन्द विक र रामबहादुर साउदको परिवारलाई सरकारको राहत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही रु एक लाखका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप रु एक–एक […]

प्रदेश २ मा ९३ कोरोना संक्रमित थपिए

जनकपुर । प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार ९३ जना कोरोना संक्रमित थपिएका छन् । धनुषामा २३ जना, महोत्तरीमा चार जना, सिरहामा चार जना, बारामा १७ जना, पर्सामा १८ जना, रौतहटमा चार जना, सप्तरीमा २० जना र अन्य जिल्लामा तीन जना संक्रमित थपिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । प्रदेशमा पछिल्लो २४ […]

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। पछिल्लो केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए।

हरिवंश आचार्य दम्पती कोरोनामुक्त

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल फेसबुलमा स्टाटस लेख्दै वरिष्ठ कलाकार आचार्यले आफूहरु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । फेसबुकमा कलाकार आचार्यले आफूहरुको रिपोर्ट नेगेटिभ आएको भन्दै माया गर्ने सबैलाई धन्यवाद दिएका छन । १६ दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि […]

बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित ५६ वर्षीया एक महिला कर्मचारीको मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जनाए । उनकाअनुसार मृतक महिलामा उच्च रक्तचापको पनि समस्या थियो । उनलाई असोज २७ गते संक्रमण पुष्टि भएको थियो भने कार्तिक ३ गते कोभिड […]

उपत्यकामा मात्र ११६४ प्रहरी कोरोना सक्रिय संक्रमित

काठमाडौं । प्रहरीमा कोरोनाका संक्रमितको संख्या पाँच हजार सात सय १३ पुगेको छ । जसमध्ये तीन हजार पाँच सय १८ जना डिस्चार्ज भएका छन् । हाल प्रहरीमा दुई हजार एक सय ९५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमा काठमाडौं उपत्यकाकै एक हजार एक सय ६४ जना छन् । जसमा प्रहरी प्रधान कार्यालयकै ४७९ र […]

शुक्रबारदेखि पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

काठमाडौं । गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरस सम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन नगरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने जानकारी दिएका हुन ।  ‘बुधबारदेखि परिष्कृत रूपमा मिडिया ब्रिफिङ गर्नेछौं,’ उनले भने। अपरान्ह सवा ४ बजेपछि दैनिकरुपमा हुने उक्त ब्रिफिङमा पछिल्लो […]

काठमाडौं उपत्यकामा थपिए १५५२ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।