अब सरकारले गोठालो भत्ता पनि दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो । ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक पन्ध्र सय गोठालो भत्ता दिने भूमि व्यवस्था, प्रदेश सरकारको […]

कर्णाली प्रदेशसभामा तीन अध्यादेश पेश

कर्णाली । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा […]

एकैदिन कर्णाली प्रदेशमामात्र १० जना संक्रमित थपिए

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल-पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार १० […]

मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ला लिगा क्लब सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो । सिल्भा हाल सेल्फ आईसोलेसनमा रहेका छन् । उनी भर्खरै मात्र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट स्पेन आएका थिए । उनमा कुनै पनि कोरोनाको लक्षणहरु नदेखिएको क्लबे बताएको छ […]

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली । कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको बताए । विसं २०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी […]

९ वर्षमा पनि बनेन दुर्गममा स्वास्थ्य चौकी भवन

जाजरकोट– देशमा तीन तहका सरकार गठन भएसँगै केही समय पहिले समृद्धिका नारा चोक–चोक तथा बाटोघाटोमै घन्किने गरेका थिए । देशमै रोजगारीको भरपुर व्यवस्था गर्ने, देशलाई सिंगापुर बनाउने अनि भोकमरी र गरिबीका कारण कसैले मृत्युवरण गर्नु नपर्ने भन्ने त्यस समयका नारा अहिले भने हराए । अहिले नागरिकले स्थानीय स्तरमै स्वास्थ्य सेवा नपाउँदा डोकोमा बोकेर सदरमुकाम पु¥याउनुपर्ने […]

जुम्लामा पुनः निषेधाज्ञा

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । चन्दननाथ नगरपालिका भने सिल नै गरिएको छ । बजार क्षेत्र भएको नगरपालिकाको पूर्वमा दानसाँघु, उत्तरमा कर्णाली प्राविधिक […]

कर्णाली प्रवेश गर्नेको अनिवार्य पिसिआर रिपोर्ट हेरिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रवेश गर्नेको पिसिआर रिर्पोट अनिवार्य गर्ने तयारी भएको बताएको छ । कैलाली र पूर्वी तराईमा कोरोना भाइरसको खतरनाक लक्षण देखिएको बताउँदै उनले कर्णालीमा थप सजगताका लागि अब प्रवेश गर्नेबाट पिसिआर रिर्पोट अनिवार्य माग्ने तयारी गरिने बताएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा […]

मास्क नलगाउनेलाई अब १०० जरिवाना गरिने

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मास्क नलगाएर बाहिर हिँड्नेलाई रु १०० जरिवाना गर्न गत असार २२ गते निर्देशन थियो । निर्देशन गतअसार २४ गतेबाट कार्यान्वयन तहमा लैजाँदा साउन ७ गतेसम्म एक हजार ५९ व्यक्ति कारवाहीमा […]

कर्णालीमा १२ नयाँ सङ्क्रमित, १३ डिस्चार्ज

कर्णाली– पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ । नयाँ पहिचान भएकामा दैलेखका पाँच, जाजरकोट, […]