गाउँपालिका अध्यक्षलाई ७० लिटर इन्धनसहित मासिक ३३ हजार तलब सुविधा

सुर्खेत– स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी विधेयक संशोधन भएपछि कर्णालीका जनप्रतिनिधिलाई मासिक तलब तथा सेवा सुविधा पाउने बाटो खुलेको छ । कर्णालीका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रदेशसभाले पारित गरेसँगै जनप्रतिनिधिले तलब पाउने कानूनी बाटो खुलेको हो । सर्वोच्च अदालतले २०७६ साल कात्तिक १ गते स्थानीय तहका […]

“डिपोमा चामल छैन, एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन, कसरी बाँच्नु ?”

जाजरकोट– गाउँभरि पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका ५०० भन्दा बढी सर्वसाधारण खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारण समस्यामा परेका हुन् । ठेकेदारले स्वीकृत कोटा एक हजार ५७ क्विन्टल चामल यो आर्थिक वर्षका लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । […]

कर्णालीमा २ हजार ७५५ जनाको स्वाब रिपोर्ट नेगेटिभ

रारा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएका सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । साविक कणाली अञ्चलभित्र पर्ने पाँच जिल्लामध्ये मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितिमा सङ्कलन गरेर परीक्षण गरिएका दुईहजार ७५५ व्यक्तिको स्वाब पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । प्रतिष्ठान जुम्लाका निर्देशक डा मङ्गल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित ती […]

चिउराकै भरमा नौ दिन पैदल यात्रा

सुर्खेत– “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौँ । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौँ”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरूको घर निर्माण गर्न […]

क्वारेन्टाइनमा राखिएका सात हजारलाई परीक्षणविना घर पठाइयो

रोल्पा– जिल्लाका विभिन्न क्यारेन्टाइनमा राखिएका मानिसलाई स्वास्थ्य परीक्षणविना नै धमाधम घर पठाइएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइमा राखिएका सात हजार ७२१ सर्वसाधारणलाई कोरोना परीक्षणविना नै घर पठाइएको हो । कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताए । “जिल्ला बाहिरबाट आएकाहरूलाई […]

जुम्लाका स्याउ बगैंचा फुलेर सेताम्मे

जुम्ला। ‘कोभिड–१९’ को सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो सङ्क्रमणले विश्व समुदायलाई जस्तै नेपाललाई पनि प्रभावित पारेको छ । यही सङ्क्रमणको रोकथामका लागि हाम्रो देश पनि गएको एक महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । नेपालका शहर बजार समेत कतिबेला कहाँ कोरोना भाइरसका सङ्क्रमित भेटिने हुन् भन्ने त्रासमा रहेका बेला राजधानी काठमाडौंबाट […]

रुकुम अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका

रुकुम । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ला अदालतका श्रेस्तेदार कुवेर पाण्डेले जानकारी दिए । उनका अनुृसार लागुऔषध चरेसका चार, अफिम र लेनदेनका दुईदुई, जबर्जस्ती करणीका चार, जबर्जस्ती करणी उद्योगमा […]

आफ्नै बिहेको निम्तो बाँडिन्, बिहे हुन पाएन

पाँच दिनपछि उनको विवाह हुँदै थियो । घरमा सामान जुटाउने र निम्तो बाँड्ने चटारो थियो । आफ्नो बिहेको निम्तो साथीहरूलाई दिन रमिता भट्ट कञ्चनपुर महेन्द्रनगरको जनज्योति टोल गएकी थिइन् । रमिताले साथीहरूलाई निम्तो त बाँडिन्, तर बिहे हुन पाएन । निम्तो बाँडेर महेन्द्रनगर बजारतर्फ फर्किरहेकी उनको बिहीबार साँझ टिपरको ठक्करबाट मृत्यु भयो । बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला घर भएकी रमिता […]

निमित्त प्रमुख प्रशासकीय अधिकृत फिर्ता

डोटी । दिपायल सिलगढी नगरपालिका डोटीले निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा सहायक वन अधिकृत भोजराज शर्मालाई जिम्मेवारीबाट मुक्त गरी साबिकको सिलगढी सबडिभिजन वन कार्यालयमा फिर्ता गरेको छ । हाललाई नगरपालिकाले जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी खेमराज गुरुङ निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको छ । प्रमुख प्रशासकीय अधिकृत पदपूर्तिका लागि मन्त्रालयमा माग गरिएको नगरपालिकाले […]

भ्रमण वर्ष २०२०ः ‘पर्यटकको गन्तव्य कर्णाली’

सुर्खेत– आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरूसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यस देशका थोरै मानिस मात्र पुगेका छन् । देशका पूर्वी, मध्य पहाडी तथा सुदूपश्चिमी भेगमा नागरिकको ओहोरदोहोर निर्बाध देखिए पनि कर्णालीमा मौसमी भ्रमण चल्ने गर्छ । विसं […]