हतुवागढीमा पदमार्ग निर्माण गरिँदै

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिँदै छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो । रु एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ निर्माण थालिएको गाउँपालिकाको भनाइ छ । […]

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

काठमाडौँ । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान […]

एक महिनापछि मेची राजमार्ग खुल्यो

फिदिम । अवरुद्ध भएको मेची राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ । पाँचथरको हेवा खोलामा बेलिब्रिज सम्पन भएसँगै अवरुद्ध राजमार्ग खुलेको हो । बाढीपहिराले यही असार २ गते हेवाखोलामा रहेको मोटरेबल पुल बगाएसँगै मेची राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिराले मोटरेबल पुल बगाएसँगै ताप्लेजुङ जिल्ला सडक सञ्जालले विच्छेद भएको थियो । लामो समय मेची राजमार्ग […]

निर्वाचनमा पराजित भएपछि शेरधन राईको मतदातालाई गुनासो

भोजपुर । नेकपा एमालेको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवार शेरधन राई पराजित भएका छन् । राई गठबन्धनका उम्मेदवार सुदन किरातीसँग २ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमार्फत मतदाताप्रति गुनासो गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री र प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका राईले मतदाताप्रति लक्षित गर्दै जिल्लाको विकासमा काम गर्दा पनि कामको […]

इलाममा नेपालकै पहिलो ‘स्काई वाक’ टावर संचालनमा

इलाम । इलामको कन्याममा साहसिक खेलको रुपमा परिचित ‘स्काई वाक’ टावर निर्माण सम्पन्न भएपछि संचालनमा आएको छ । इलाममा नेपालमा पहिलो पटक ‘स्काई वाक’ सुरू भएको हो । सोही टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिंदा आकाशमै उभिएजस्तो महसुस हुने जनाइएको […]

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

काठमाडौं । जिल्ला अस्पताल खोटाङमा जडान गरिएको अक्सिजन प्लान्ट उद्घाटन गरेको दुई महिना नबित्दै बिग्रिएको छ । अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत साउन २३ गते औपचारिकरूपमा उद्घाटन […]

नेकपा एमालेबाट प्रदेश–१ मा को को बने त उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेले प्रदेश १ मा आफ्नो उम्मेदवारहरुको टुंगो लगाएको छ । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ […]

इटहरी-धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

  इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी-धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ । सडक निर्माण कार्य सुस्त हुँदा सडकमा […]

झापामा जंगली हात्तीले स्थानीय त्रसित

विर्तामोड । झापामा दैनिकजसो हुने जंगली हात्तीको आक्रमणका कारण स्थानीय समस्यामा परेका छन् । आहाराको खोजीमा निस्किएका जंगली हात्तीको बथानले स्थानीयको ज्यान समेत लिने गरेको छ। जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीय त्रासमा छन्। बुधबार मध्यराति चारआली जङ्गलबाट निस्किएका सातवटा हात्तीले बिर्तामोड नगरपालिका–८ देउनियाँस्थित गौतम राइस मिल भत्काइदिएका छन्। हात्तीले मिलको पर्खाल भत्काउँदै मेसिनरी […]

महामन्त्री शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस, प्रदेशमा को को परे ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय संसद्को उम्मेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय […]